ललितपुरमा एक युवकको हत्या, तीन जना पक्राउ
ललितपुर सातदोबाटोमा एक किशोरको हत्या भएको छ । ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको प्रहरीले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।
क्रिसमसको तयारी
इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसलाई लक्षित गर्दै ललितपुरको एक होटलमा राखिएको ुक्रिसमस ट्रीु ।
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस १९ र २० गते पोखरामा हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिनुभयो ।
इतिहासको ऐना सङ्ग्रहालय
भाइबहिनीहरू, लामो बिदा दिइने चाडपर्व पनि सकिएको छ ।
बजेट सन्तुलन मिलाउन प्रदेश सरकारलाई दबाब
बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकले बागमती प्रदेश सरकारलाई बजेटमा रहेको असन्तुलन मिलाउन तत्काल प्रव्रिmया अगाडि बढाउने निर्णय गरेको छ ।
निसासिँदै काठमाडौँ
एक परिचित वातावरणीय सङ्कट हो वायु प्रदूषण ।
विकासको मोडल परिवर्तन गर्न आवश्यक : मुख्यमन्त्री लामा
हेटौँडा उपमहानगरपालिका–१५ स्थित ऐतिहासिक महìवको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत जीर्णोद्धार गरिएको चुरियामाई सुरुङमार्ग सोमबार चुरियामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा निर्देशनालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । बागमती प्रदेश सरकारले सहयोगमा सञ्चालित कार्यक्रमबाट विशेष गरेर किशोरी धेरै लाभाविन्वत भएका छन् ।
सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन
सरकारले नेपाली सेना तथा प्रहरीका अस्पतालमा आमनागरिकलाई समेत सेवा उपलब्ध गराउनका लागि आवश्यक प्रक्रिया थालेको छ ।
बाह्र अर्ब छत्तिस करोड दाबी एक अर्ब उन्नाइस करोड भुक्तानी
तीन महिनाअघिको बाढीपहिरो र डुबानका कारण भएको क्षतिको बिमा दाबी १२ अर्ब रुपियाँभन्दा बढी परेको छ ।
विद्युत् पूर्वाधारका लागि जुट्यो त्रिहत्तर अर्ब लगानी
नेपाल विद्युत् प्राधिकरणले प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरणका लागि करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी प्राप्त गरेको छ ।
अब पेट्रोल पनि पाइप लाइनबाट
आगामी जनवरी पहिलो सातादेखि पाइप लाइनबाट पेट्रोल आयात हुने भएको छ ।
पुग्दैन समितिमा गणपूरक सङ्ख्या, कानुन निर्माण सुस्त
जनप्रतिनिधि जिम्मेवार नहुँदा कानुन निर्माण ओझेलमा परेको छ ।
निजी कलेजमा पनि सरकारीसरह निर्वाह भत्ता दिन सुझाव
निजी मेडिकल कलेजलाई समेत चिकित्सा शिक्षा स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव दिइएको छ ।
तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ ।
अर्याल रास्वपा कार्यवाहक सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ ।
विधेयकमा प्रस्तावित व्यवस्थाको आलोचना
राष्ट्रिय सभाका सदस्य तथा शिक्षाविद्ले शैक्षिक संस्थाको पाठ्यक्रम निर्माणबारे प्रस्तावित व्यवस्थाको आलोचना गरेका छन् ।
वैदेशिक रोजगारीको पीडा, पाँच महिनामा १९ करोड ठगी
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ ।
सादगी नायक ‘किसुनजी’
प्रजातन्त्र पुनर्स्थापानाका लागि २००७ सालको जनआन्दोलनका नायक, सन्त नेता, पूर्र्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सोमबार १०१ औँ जन्मजयन्ती ।
फूलचोकी जङ्गलमा हराएकाहरु प्रहरी सम्पर्कमा
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
निजामती कर्मचारी अस्पतालमा चिनियाँ चिकित्सा सेवा
निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले सोमबार संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गर्नुभयो ।
कारको ठक्करबाट लामाको मृत्यु
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ तिरतिरेधारास्थित सडकखण्डमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका १, स्थित चौकीटोल बस्ने युवराज लामाको मृत्युभएको छ ।
‘निजामती कर्मचारीका ट्रेड युनियनहरू खारेज गरौं’
सांसदहरुले संघीय निजामती सेवा विधेयकलाई एकीकृत संघीय निजामती विधेयकको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।