• ९ पुस २०८१, मङ्गलबार

कारको ठक्करबाट लामाको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, पुस ८ गते । त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १  तिरतिरेधारास्थित सडकखण्डमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका १, स्थित चौकीटोल बस्ने युवराज लामाको मृत्युभएको छ ।

हेटौँडा–भैँसे सडक खण्डमा पर्ने तिरतिरेधारामा भैँसेबाट हेटौँडातर्फ आउँदैगरेको बा.प्र.०३–००२प ७२६७ नम्बरको स्कुटरलाई हेटाँैडाबाट काठमाडौँ जाँदै गरेको  बिआर ०५ बिए ०००६ नम्बरको भारतीय कारले ठक्कर दिँदा स्कुटर चालक करिब ३५ वर्षीय लामाको सोमबार साँझ मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार भारतीय नम्बरको कारले स्कुटरलाई साँझ ७ः०० बजेको समयमा ठक्कर दिएपछि युवराज लामा गम्भीर घाइते भएको र स्कुटरमा पछाडि सवार हेटौँडा १ बस्ने वर्ष २५ की बबिता लामा घाइते भई दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा चालकको युवराजलाई साँझ १९ः२५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । 

कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण बस्ने वर्ष २४ को सुकर्णप्रताप सिंह प्रहरी नियन्त्रणमा छन् ।