वायु प्रदूषणको जोखिम घटाउन माग
नेपाल वातावरण पत्रकार समूहले डढेलो र वायु प्रदूषणको जोखिम घटाउने गरी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
तिहारमा दाजुभाइलाई स्वस्थ उपहार
नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ । यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबिच विभिन्न उपहार पनि लिनेदिने पर्वका रूपमा पनि लिने गरिन्छ ।
वैद्यखानालाई टालटुल गरेर अघि लैजाने स्थिति छैन: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधीको उत्पादन बढाइ बाहिरी मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।
किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली समाजलाई झुटा समाचारबाट बचाऔं : उपप्रधानमन्त्री सिंह
पप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गर्नुभएको छ ।
नेपाल–बङ्गलादेशबिच फाइनल काठमाडौँका तीन ठाउँबाट प्रत्यक्ष प्रसारण
काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप (साउथ एसियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने नेपाल–बंगलादेशबिचको फाइल खेल तीन ठाउँबाट महानगरले प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
वैद्यखाना सञ्चालन गर्न महानगरलाई दिनुस् : प्रमुख साह
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
फाइनल खेल हेर्न टिकट काट्नेको भिड (फोटो फिचर)
साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बङ्गलादेशबिच हुने फाइनल खेल हेर्न टिकट काट्नेको बुधबार बिहानदेखि भिड लागेको छ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बङ्गलादेशबिच दशरथ रंगशालामा आज साँझ ६ः३० बजे फाइनल हुँदैछ ।
बेल्जियमको राजदूतमा लम्सालको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ ।
नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी
निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ ।
काठमाडौँमा तिहारमा कुचोको माग धेरै, १० करोड व्यापार लक्ष्य
तिहारमा फूल माला र पालासँगै कुचाको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य सहरहरूमा कुचोको माग यति बेला अत्यधिक नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइ मसला, माटोको पाला, फूल माला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसोको कुचो हुन्छ । अम्रिसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो सङ्घका अध्यक्ष राजकुमार कार्की बताउनु हुन्छ । यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौँमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आउनुभएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरु गर्नुभएको २०४९ सालदेखि नै हो । इलाममा आफ्नो पुर्ख्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गर्नुभएको सम्झना उहाँलाई छ । त्यसैले उहाँले पनि पुर्ख्यौली पेसा २०४९ सालदेखि गर्दै आउनुभयो । काठमाडौँमा आएर व्यापार सुरु गरेको भने उहाँले १४ वर्ष करिब पुग्यो ।
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
अराजकतालाई मलजल गर्ने मिडिया काउन्सिलको निसानामा: अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ ।
चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण
धनतेरसका दिनका मङ्गलबार थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण
दर्शन सहकारी समस्याग्रस्त घोषणा
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।
साँझकाे समयमा धरहरा
काठमाडौँको भद्रकालीबाट मङ्गलबार साँझ देखिएको धरहरा र आसपासको दृश्य ।
‘आचारसंहिता तोड्नेलाई कारबाही’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।
कार्तिक कृष्ण त्रयोदशीः काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली
नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।
‘स्वरसम्राट् नारायणगोपाल’ लोकार्पण
नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट् नारायणगोपाल’ पुस्तकको मङ्गलबार एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
महँगियो भाइमसला
भाइटीका आउन पाँच दिन बाँकी रहँदा राजधानीको बजारमा चहलपहल बढेको छ ।
तेह्र उद्योगले तिरे बक्यौता
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादमा रहेका उद्योगको सूची घट्दै गएको छ ।
विद्यार्थी बिदेसिएकामा राष्ट्रपति चिन्तित
राष्ट्रपति रामचन्द्र पौडेलले कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विद्यार्थी बिदेसिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।