चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो सहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ ।
अलपत्र अवस्थामा बेसक्याम्प
अलपत्र अवस्थामा रहेको नेपाल मेटल कम्पनीले सोम्दाङमा निर्माण गरेको बेसक्याम्प । गणेश हिमाल नामक सिसा खानीमा उत्खनन् कार्य बन्द भएसँगै बेसक्याम्पको भवन अलपत्र परेको हो ।
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
नेपाल कोरियाबीचको सम्बन्ध ऐतिहासिक छ । सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ ।
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताउनुभएको छ ।
विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ ।
गैँडाको घर
पर्यावरणीय सन्तुलन, वन्य जीवजन्तु, पशुपन्छी, कीटपतङ, दुर्लभ जीवजन्तु तथा वनस्पतिको संरक्षण गरी जैविक विविधताको उपयुक्त स्तर कायम गर्ने उद्देश्यले देशका विभिन्न भौगोलिक क्षेत्रलाई समेटेर राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्रहरू स्थापना गरिएका छन् ।
भुताहा ह्याकर
सोच्नुस् त ! एक दिन निधन भइसकेका तपाईंको नजिकको व्यक्तिबाट फेसबुकमा म्यासेज आयो ।
चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै यो पर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
लालपुर्जा उपलब्ध गराउन पुनः नापी
काभ्रेको भुम्लु गाउँपालिका–७ र ८ का लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा उपलब्ध गराउनका लागि जिल्ला नापी कार्यालय काभ्रेपलाञ्चोकले पुनः नापी टोली खटाएको छ । साबिकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबिचको सिमाना विवादका कारण यी दुई गाविस (हाल वडा ७ र ८) का नागरिकले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको धनीपुर्जा प्राप्त गर्न सकेका छैनन् ।
चितवनमा भोलिदेखि ‘मह उत्सव’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना गर्ने भएको छ ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।
क्रिसमसमा रम्दै युवा
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा सजिएको क्रिसमस ट्री र झिलीमिली बत्तीले जोकोहीलाई पनि मोहित बनाउँछ ।
काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने
हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेः प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा बुधबार क्रिश्चियन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्दै उहाँले हाम्रो देश धार्मिक सहिष्णुता संसारमै उदाहरणीय रूपमा रहेको बताउनुभएको छ ।
विद्युत् विधेयक प्रतिनिधि सभामा पठाउने तयारी
करिब एक वर्ष लामो छलफल तथा परामर्शपछि संसद्को पूर्वाधार विकास समितिले विद्युत् विकास विधेयक, २०८० लाई आवश्यक संशोधनसहित प्रतिनिधि सभामा पठाउने जनाएको छ ।
माथिल्लो तामाकोशीबाट आंशिक विद्युत् उत्पादन सुरु
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ ।
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
के तपाईंको एकाबिहानै ‘वाक’ गर्ने बानी छ । विहान झिस्मिसेमै वाकका लागि निस्कने गर्नुभएको छ भने तालिका परिवर्तन गर्नुहोस् । किनभने चिसोयाममा पहिलो प्रहरमै वाकमा निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुको भनाइ छ ।
निगमको आन्तरिक उडान बन्द
नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ ।
जङ्गल सफारीले धानेको चितवनको पर्यटन
पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पूर्वाधार विकास नहुँदा चितवन आउने पर्यटकको बसाइ लम्बिन सकेको छैन ।
नेपालको विविधता विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजीः उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि एक महत्त्वपूर्ण पुँजी रहँदै आएको बताउनुभएको छ ।
पायो उच्च मूल्य, बढेन निर्यात
यस वर्ष अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य उच्च भए पनि निर्यात भने बढ्न सकेको छैन ।
डिसेम्बर २५ः येशु ख्रीष्ट जन्मोत्सवमा ‘क्रिसमस डे’ मनाइँदै
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बुधबार यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
नेपाल बहुजातीय र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभामा शुभकामना व्यक्त गर्नुभएको छ ।