पाँचखालका बिरामीलाई निःशुल्क रगत
पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।
पूर्वी चितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पूर्वी चितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेशन सोसाइटी र नेपाल पन्छीविद् सङ्घको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।
तेत्तिस विद्यालयलाई सहयोग
‘क्यालिटी’ परियोजनाको कार्यान्वयनका लागि छनोट भएका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्रदायक शिक्षण संस्थालाई गुणस्तरीय शिक्षाका लागि विद्यालय÷शिक्षालयलाई बागमती प्रदेश सरकारले सहयोग प्रदान गरेको छ ।
घाँसे मैदान व्यवस्थापनको काम सुरु
आहारको अभावमा जङ्गली जनावर बस्तीमा पस्न थालेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको काम सुरु गरेको छ । जाडोको मौसममा जङ्गलभि
सखरखण्डर र पिँडालुको मूल्य उच्च
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
संयुक्त व्यापार मञ्च बैठक : द्विपक्षीय व्यापार विस्तारमा जोड
नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक द्विपक्षीय व्यापार विस्तारमा जोड दिँदै आज यहाँ सम्पन्न भएको छ । दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको उक्त बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए ।
बेलिब्रिज जडान गर्न नाका बन्द
गत असोजमा आएको बाढीले लिपिङखोलाको मोटरेबल पुल बगाएपछि सो स्थानमा बेलिब्रिज जडान गर्न तातोपानी नाका बन्द गरिने भएको छ । आगामी माघ ६ देखि २६ सम्म
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक सपूत
गायक प्रकाश सपूतको परिचय सङ्गीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्र निर्माण गर्नुभएको छ । चलचित्रमा पनि माथि उल्लेखित भूमिकामै उहाँलाई पाउन सकिन्छ ।
काभ्रेको संसारीदेवी आधारभूत विद्यालयमा कम्युटर प्रयोगशाला
अमेरिकन संस्था ‘आर स्टार फाउन्डेसन’को सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिएको छ ।
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।
जलवायु परिवर्तनका मुद्दा साझा भएकाले सबै मिलेर समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी साझा मुद्दा भएकाले सबै मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।
मकवानपुर उवासङ्घको अध्यक्षमा रानाभाट निर्वाचित
मकवानपुर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षमा प्रमोद सिंह रानाभाट निर्वाचित हुनुभएको छ ।
प्रयोगमा आएनन् शीतभण्डार
सिन्धुली जिल्लाका विभिन्न भागमा दातृ निकायको सहयोगमा निर्माण गरिएका शीतभण्डार प्रयोगमा आउन सकेका छैनन् ।
‘मर्क्योर’ सञ्चालनमा आउँदै
काठमाडौँको सुकेधारामा यसै सातादेखि पाँचतारे ‘मर्क्योर’ होटेल सञ्चालनमा आउने भएको छ । तीन अर्ब रुपियाँभन्दा बढी लगानीमा बनेको होटेलको व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुप अन्तर्गतको मक्र्योर ब्रान्डले गरेको छ ।
समस्या समाधानमा सहकार्यको प्रतिबद्धता
नेपाल र भारतका वाणिज्य अधिकारीले दुई देशको व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘जलवायु परिवर्तनले अर्थतन्त्रमा चुनौती’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनका कारण अर्थतन्त्रका समग्र पक्षमा चुनौती थपिन थालेको बताउनुभएको छ ।
मन्त्रीपरिषद्बाट प्रहरी विधेयक स्वीकृत
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद् बैठक स्वीकृत गरेको छ ।
आमाको दुध प्रतिस्थापन गर्ने वस्तु बिक्री
बजारमा कानुनविपरीत आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको अनुगमनका क्रममा यस्तो पत्ता लागेको हो ।
प्रेस चौतारीको आपत्ति
प्रेस चौतारी नेपालले सञ्चार माध्यममा प्रकाशित सामग्रीलाई लिएर आमसञ्चार माध्यमका प्रकाशक, सम्पादक र पत्रकारविरुद्ध एकपछि अर्को विद्युतीय अपराध (साइबर क्राइम) मा मुद्दा चलाएको भन्दै आपत्ति जनाएको छ ।
विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ ।
बाढीपहिरोका कारक ‘क्रसर’ आफूखुसी चलाइए
बाढीपहिरोका कारण बन्द गरिएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा रहेका खानी तथा क्रसर उद्योग प्रशासनको अनुमतिबेगर पुनः सञ्चालन भएका छन् ।
अध्यादेशमार्फत फुकाइँदै लगानीका अवरोध
मुलुकभित्र लगानीलाई अवरोध पारिरहेका कानुनी प्रबन्धहरूलाई सरकारले संशोधनमार्फत सहज बनाउने प्रक्रिया अगाडि बढाएको छ ।
‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर
निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ ।
पश्चिम नेपालबाट पुनः मौसम बदली हुने
मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु भइसकेको बताउँदै क्रमशः फैलिने क्रममा रहेको जानकारी दिनुभयो ।