‘मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउनेगरी विधेयक बनाऔँ’
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मिथ्या सूचना दिनेलाई कानुनी दायरामा ल्याउने गरी सामाजिक सञ्जाल नियमन गर्ने विधेयक ल्याउनुपर्ने बताउनुभएको छ ।
एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटानभन्दा पनि कमजोर रहेको बताउनुभएको हो ।
कुनै दल फुटाउने र मिलाउने काम गर्दिनँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ ।
नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय ९पीआईडी०ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।
स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी प्रेषण निर्देशिका जारी गरेको छ । अब अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वयको कार्य पहिलो पल्ट बिरामी पुगेको अस्पतालको जिम्मेवारी रहनेछ ।
माघेसङ्क्रान्ति : सबैभन्दा बढी भित्रिन्छ घर तरुल
हरेक वर्ष माघ १ गते मनाइने माघेसङ्क्रान्ति नेपालीको महत्त्वपूर्ण पर्वमध्ये एक हो । माघेसङ्क्रान्तिमा विशेषगरी तरुल, सकरखण्ड, पिडालु, चाकु, घिऊँ लगायत पोषिलो एवम् मिष्ठान्न परिकार खाने प्रचलन छ ।
सुदूरको ठुलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार
नेपाल प्रिमियर लिग क्रिकेट (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स पुग्नुअघि देखि नै कीर्तिपुर रङ्गशालामा अर्कै माहोल थियो । खेलको बीचबीचमा बजाइने लोकप्रिय देउडा गीत र नृत्यमा झुम्दै गरेका दर्शकहरुले सुदूरपश्चिमलाई राम्रैसँग परिचित गराएका थिए ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उहाँ जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालीनदी मेला सुरू
मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ ।
एकमहिने माधवनारायण मेला सुरु (फोटो फिचर)
आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतकाे आठौँ शताब्दीदेखि सुरु भएकाे एकमहिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
धनुषामा कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन् ।
पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
थाहा फिल्म फेस्टिभल सुरु
चलचित्रको माध्यमबाट थाहा नगरपालिकाको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यसहित थाहा कला केन्द्र, मकवानपुरले आयोजना गरेको थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण सुरु भएको छ । फेस्टिभल माघ १ गतेसम्म चल्ने छ ।
चार पुल बने, तीन वटा निर्माणाधीन
मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकको भैँसे–भीमफेदी सडकखण्डमा चार वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् ।
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
मकवानपुरको मनहरीमा स्कुल बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती बस्ने अन्दाजी दुई वर्षीय बालिका पूजा थिङको मृत्यु भएको हो ।
‘सार्वजनिक पदको शपथ व्यहोरा सच्याउनुपर्छ’
सूचनाको हक र पद तथा गोपनीयताको शपथको व्यहोरा बाझिएको भन्दै दलका नेताहरूले शपथको व्यहोरा सच्याउनुपर्ने पक्षमा हुनुहुन्छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ ले सूचनासम्बन्धी अधिकार नागरिकमा प्रत्याभूत गरेकाले पद तथा गोपनीयताको शपथको व्यहोरा सच्याउनु पर्ने पक्षमा उभिनुभएको हो ।
सहकारी ठगी आरोपित पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरी हिरासतमा पठाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ।
संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलको भूमिका प्रमुख हुने बताउनुभएको छ ।
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
संसद् किन बोलाइएन, जनतामा खुल्दुली छ : पूर्वसभामुख सापकोटा
पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
संसद्काे अधिवेशन नचल्दा सरकारले अध्यादेश ल्याउनसक्छ : उपमहासचिव ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद्काे अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने बताउनुभएको छ ।
पूर्वमन्त्री शाहलाई पितृशोक
पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ ।