भूकम्पीय जोखिमबाट बच्न पूर्व तयारी आवश्यकः प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले यसबाट जोगिन पूर्व तयारी आवश्यक भएको बताउनुभएको छ ।
भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी
विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा हुनुहुन्छ । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव भने बेहोरेको छ ।
आज सुदूरपश्चिममा वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सबल सूचक, शिथिल अर्थतन्त्र
बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट पुसमा मात्रै पटक पटक गरेर चार खर्ब ८० अर्ब रुपियाँ खिचेको छ ।
देवघाटको धार्मिक पर्यटन ओझेलमा
धार्मिक पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना भएर पनि संरक्षणसम्बन्धी नीतिगत योजना र प्रचारप्रसारको अभावमा देवघाट क्षेत्र ओझेलमा छ ।
कानुन सुधार प्रयासको निजी क्षेत्रबाट स्वागत
आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक रहेको भन्दै निजी क्षेत्रबाट स्वागत गरिएको छ ।
गहुँको न्यूनतम मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ
सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ८६७ रुपियाँ ३८ पैसा निर्धारण गरेको छ ।
निजी आवास पुनर्निर्माण आजबाट
सरकारले आजबाट विभिन्न समयमा भूकम्पले भत्काएका निजी आवासको पुनर्निर्माण सुरु गर्दै छ ।
आइपुग्यो आवश्यक एचपिभी खोप
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियानका लागि १७ लाख ७० हजार चार सय भाइल खोप ल्याइएको छ ।
अधिक भारवाहक साधनलाई नियन्त्रण गर्न निर्देशन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारवहनलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको छ ।
विपिन रिहाइका लागि तीव्र पहल
इजरायल र प्यालेस्टाइनबिच युद्धविराम तथा बन्धकमुक्त गर्ने सम्झौताको अन्तिम तयारी चल्दै गर्दा हमास समूहले नियन्त्रणमा लिएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले पहल तीव्र पारेको छ ।
आवश्यकताले अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले रहरले नभइ आवश्यकताले अध्यादेश ल्याएको बताउनुभएको छ । नेपाल मगर सङ्घले आज काठमाडौँको टुँडीखेलमा आयोजना गरेको माघेसङ्क्रान्ति पर्वको उद्घाटन गर्दै उहाँले जनतालाई छिटोछरितो सेवा प्रदान गर्न अध्यादेश जरूरी रहेको धारणा राख्नुभयो ।
मगर समुदायले मनाए माघे सकराती (फोटो फिचर)
काठमाडौँ उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताउनुभएको छ।
हामीसँग देश विकासको प्रष्ट भिजन छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक परिवर्तन गर्ने सरकारको भिजनको जरुरी हुने बताउनुभयो । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धित सरकारसँग देश विकासको प्रष्ट भिजन रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग देश विकासको प्रष्ट भिजन छ ।”
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा हुनुहुन्थ्यो । उहाँले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गर्नुभएको थियो । पारिवारिक स्रोतका अनुसार, उहाँले प्लेन टिकट पनि लिइसक्नुभएको थियो ।
विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताउनुभएको छ ।
स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने
स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नुवाकोटमा गोरु जुधाइ
माघे सङ्क्रान्ति पर्वको अवसरमा मङ्गलबार नुवाकोटको तारेश्वर गाउँपालिका–३ चन्दनीमा आयोजित गोरु जुधाइका दर्शक ।
ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने महानगरको योजना
ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।
पिएसबी नेपाल समावेशिताको ऐना बन्नुपर्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताउनुभएको छ ।
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ ।
विपिनको रिहाइको पहलका लागि अपिल
हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
मुलुकको समृद्धिका लागि क्रियाशील हुन पर्वले उत्प्रेरित गर्ने उपराष्ट्रपतिको विश्वास
उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले मुलुकको समृद्धिका लागि क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।