विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
स्वस्थानी व्रतकथा सुरु
स्वस्थानी व्रतकथा सोमबारदेखि सुरु भएको छ ।
बाटोको दुर्दशाले घटे पर्यटक
सडक निर्माणमा भइरहेको ढिलासुस्तीले सौराहाको पर्यटन व्यवसायमा प्रभाव पारेको छ ।
विषादी प्रयोगमा कमी
काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय विषादीको खपत तथा प्रयोगमा कमी आएको छ ।
नागरिक लगानी कोषले तेह्र प्रतिशत लाभांश दिने
नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
हिउँदे बालीलाई अभाव नहुने
यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ ।
सहकारीमा दस लाखभन्दा बढी बचत गर्दा स्रोत खुलाउनुपर्ने प्रस्ताव
अब बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका सदस्यले १० लाख रुपियाँभन्दा बढी बचत रकम जम्मा गर्दा अनिवार्य रूपमा स्रोत खुलाउनुपर्ने भएको छ ।
जापानका राजदूतको आगमन
नेपालका लागि जापानका तर्फबाट राजदूत नियुक्त हुनुभएका मायडा तोरू पदभार समाल्न नेपाल आइपुग्नुभएको छ ।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठक : हट्यो भारवहन सीमा
काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध हुँदै आवतजावत गर्ने नेपाली मालवाहक सवारीसाधनमा लगाइएको भारवहन सीमा हटाइएको छ ।
‘अध्यादेश देश र जनताको हितमा’
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जारी गरेका अध्यादेश देश र जनताको हितमा रहेको बताउनुभएको छ ।
चिकित्सकको तलब बढाउन सिफारिस
चिकित्सकको तलब न्यूनतम एक लाख २५ हजार रुपियाँ पुर्याउन सिफारिस गरिएको छ ।
उद्यमसँगै ब्युँझिँदै मूर्च्छित सपना
आलु भण्टा स्कुल गए झोला बोकेर टमाटरले स्वागत गर्यो घण्टी ठोकेर । क ख ग घ पढ भन्दा फर्सी आइछिन् खोर्सानीले प्रश्न सोध्दा पिरो परेछ ।।
फागुन ६ देखि बृहत दोलखा महोत्सव हुने
दोलखामा आगामी फागुन ६ गतेदेखि १८ गतेसम्म तेस्रो बृहत दोलखा महोत्सव २०८१ हुने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा १२ दिने बृहत दोलखा महोत्सव हुने भएको हो ।
‘राष्ट्रिय एकता कायम गर्न केन्द्रित हुन्छ पिएसबी’
रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण नेपालमा रुपान्तरण भए पश्चात् विभिन्न दस सत्रमा गहन छलफलसहित पिएसबी पूर्वारम्भ (प्रि–लन्चिङ) कार्यक्रमको आयोजना हुँदैछ ।
प्रहरी महानिरीक्षकद्वारा दर्ज्यानी चिह्न प्रदान
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पेसागत निष्ठा, व्यावसायिकता र इमानदारितालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिनुभएको छ ।
किन थारूका लागि विशेष छ माघी पर्व
माघे सङ्क्रान्ति देशभर नै विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ। तर, केही समुदायले माघीलाई प्रमुख चाडका रूपमा मनाउने गर्छन्। माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो ।
कुवेर कडायत र रविन्द्र केसी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा
सरकारले नेपाल प्रहरी नायब महानिरीक्षक (डिआइजी)द्वय कुवेर कडायत र रविन्द्र केसीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।
फास्ट फुड तथा रेस्टुरेन्टले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेस्टुरेन्टहरूले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बाढी पहिरोका कारण ३८१ सडक, पुल लगायतका पूर्वाधारमा क्षति
सरकारले चालु वर्षको वर्षा याममा आएको बाढी पहिरोका कारण ३८१ सडक र पुल लगायतका पूर्वाधारमा क्षति भएको जनाएको छ । सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।
नेपाल भाषा साहित्यिक यात्रा सम्पन्न
शताब्दीपुरुष सत्यमोहन जोशीले स्थापना गर्नुभएको लोकसाहित्य परिषद्, ललितपुर बखुंबहालको आयोजनामा साहित्यिक यात्रा सम्पन्न भएको छ ।
मालवाहक सवारी साधन भारवहन कार्यविधि–२०७४ लाई कार्यान्वयन गर्न माग
नेपाल ट्रक यातायात व्यावसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ ।
मानव र वन्यजन्तुबिचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक : मन्त्री अधिकारी
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताउनुभएको छ ।
चीनसँग ऋणसम्बन्धी कुनै पनि सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पार्नुभएको छ ।