उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थालाई अनुमति
निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ वटा संस्थालाई अनुमति दिएको छ ।
राप्ती खोलामा अस्थायी काठेपुल
मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा बग्ने राप्ती खोलामा काठेपुल बनाउँदै।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
भक्तपुर अस्पतालमा मोतिबिन्दुको शल्यक्रिया सेवा सुरु
भक्तपुर अस्पतालले मोतिबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
अर्थले गर्यो विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।
चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।
राजवंशीमा चल्छ महिलाको हैकम
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा सघन रूपले बस्दै आएका राजवंशी जाति सो क्षेत्रको भूमिपुत्र मानिन्छन् ।
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो ।
सात पदका लागि १०२ जनाको उम्मेदवारी
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा
हराउँदै छन् ननीचोक र गली
काठमाडौँ उपत्यकाका प्राचीन तीन शहर कान्तिपुर, पाटन र भक्तपुरमध्ये कान्तिपुर अर्थात् काष्ठमण्डपका मानव बस्तीको बनावट निकै रोचक र चाख लाग्दो छ ।
विद्यालय पुनर्निर्माण प्रारम्भ
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा असोजको दोस्रो सातामा गएको बाढीपहिरोले क्षति गरेको सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । उक्त गाउँपालिकामा सुनकोशी नदीको बाढीले क्षति गरेको
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, मङ्सिर ४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा उपनिर्वाचन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।
सिन्धुलीको च्याउकोट
सिन्धुली, मङ्सिर ४ गते । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट । अग्लो स्थानमा रहेको यहाँबाट जिल्लाको विभिन्न क्षेत्रको रमणीय दृश्य देख्न सकिन्छ । तस्बिरः रासस
निकुञ्जमा बाघ पाल्न बजेट अभाव
चितवन राष्ट्रिय निकुञ्जको सात वटा खोर अहिले बाघले भरिएका छन् । विभिन्न स्थानबाट मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने, स्थानीयमा त्रास फैलाउने जस्ता गतिविधि गरेपछि नियन्त्रणमा लिएर खोरमा राखिँदै आएको छ ।
त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटना स्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।
आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० लाई प्रदान गरिएको छ । सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याएबापत हरेक वर्ष प्रदान गरिन्छ ।
जोखिम मोलेर पहिरो स्थलमै बास
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, कुनेगाउँमा गत असोज ११ र १२ गतेको अविरल वर्षाले गाउँका तीन घर बगायो भने १२ घर उच्च जोखिममा पारेका छन् तर सरकारले उनीहरूलाई सुरक्षित स्थान
बोक्सी उन्मूलनमाथि बनेको ‘अग्निदहन’
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अग्निदहन’ को निर्माण पक्षले सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै चलचित्रले बोक्सी प्रथा उन्मूलनलाई मुख्य विषय बनाएको जनाएको छ ।
प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी
गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।
पशुपतिनाथमा घुमाइयो चन्द्रविनायक र भैरव जात्रा
श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा भन्ने धार्मिक मान्यता पनि छ ।
‘गजनी’ का खलनायक नेपालमा
भारतीय अभिनेता प्रदीप रावत र दक्षिण भारतीय अभिनेतृ कल्याणी चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रवर्धनका लागि आइतबार नेपाल आइपुग्नुभएको छ ।
वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो
नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ ।
नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक
नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग [एनपिएल]को खेल तालिका सार्वजनिक गरेको छ ।