सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइनेछ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारणलाई स्वायत्त बनाइने बताउनुभएको छ । यसलाई जनसरोकारका विषयमा राज्यलाई झक्झक्याउने निकायका रुपमा विकास गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच विवाद मिल्यो
काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबिच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन शुक्रबार ९८ औँ सभाको बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको पूर्ववत् सम्बन्ध यथावत् रहने भएको हो ।
निर्माण व्यवसायीद्वारा भौतिकमन्त्री दाहाललाई ज्ञापनपत्र
नेपाल निर्माण व्यवसायी महासङ्घले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
जग्गाको स्वामित्व नपाएको वनकरियाको गुनासो
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख समुदायका वनकरियाले जग्गाको स्वामित्व नपाएको गुनासो गरेका छन् ।
‘एचपिभी खोप र बाँझोपनबिच कुनै सम्बन्ध छैन’
पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरसविरुद्धको (एचपिभी) खोप र बाँझोपनबिच कुनै सम्बन्ध नरहेकाले ढुक्कसँग खोप लगाउन अनुरोध गरिएको छ ।
फलामखानी र मल कारखाना खुल्दैछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्त लिइरहनु नपर्ने बताउनुभएको छ ।
‘संसदलाई प्रभावकारी बनाउँदै कानुन निर्माणमा तीव्रता दिने’
संसदका प्रमुख चार दलका प्रमुख सचेतकहरुको बैठकले संसदलाई प्रभावकारी बनाउँदै सबै दलहरु एकठाउँमा उभिएर काम गर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सिंहदरबारमा भएको प्रमुख सचेतकहरुको बैठकले यस्तो निष्कर्ष निकालेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।
दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय
गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएकाे छ ।
तोकिएको समयावधिभित्रै पूरा गर्न सेनालाई राष्ट्रपतिको निर्देशन
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई-मधेस द्रुतमार्गको अवलोकन भ्रमण गर्नुभएको छ ।
ऐन तथा नियमावली उल्लङ्घन गरेमा १११५ मा जानकारी गरौँ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ऐन तथा नियमावली उल्लङ्घन गरेमा हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।
सरकारको ६ महिना : अर्थतन्त्र उकास्न सहयोगी ‘अध्यादेश’
संसद्का दुई ठुला दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको समझदारीमा गठन भएको सरकारको अवधि यही पुसमा ६ महिना पूरा भइसकेको छ । यो अवधिमा सरकारका गतिविधिको विभिन्न कोणबाट समीक्षा भइरहेको छ ।
कृषि बजारमा विषादी मापन गर्ने उपकरण जडान
धरान उपहानगरपालिका १३ मा रहेको कृषि उपज बजारमा विषादी मापन गर्ने उपकरण जडान गरिएको छ ।
नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ ? सावधान !
काठमाडौँ, माघ ४ गते । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? आइरहेकाे छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्नुहुन्छ । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको हो । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।”त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्यूरोको आधिकारिक वेबसाइट https://cyberbureau.nepalpolice.gov.np/ मा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ । रासस
राप्ती र नारायणी नदीमा तीन सय बाउन्न घडियाल गोही भेटिए
राप्ती र नारायणी नदीमा तीन सय ५२ वटा घडियाल गोही भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जले हालै गरेको गणना तथा अनुगमनका क्रममा राप्ती नदीमा दुई सय छ र नारायणी नदीमा एक सय ४६ वटा गोही भेटिएका हुन् ।
युके र दुबई पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
बिहीबार प्रतितोला रु. एक लाख ५६ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रु. एक लाख ५७ हजार नौ सयमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
दुग्ध विकास संस्थानले तिर्यो ३१ वर्षको सम्पत्ति कर
दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति कर एकैपटक तिरेको छ । गत पुस २८ गतेको मूल्याङ्कनबमोजिम संस्थानले रु एक करोड दुई लाख ८७ हजार नौ सय २६ सम्पत्ति कर महानगरलाई तिरेको हो ।
रक्तचन्दन तस्करीमा संलग्न माओवादी नेतासहित दुई जना पक्राउ
चार सय ३१ किलो रक्त चन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको छ महिनामा १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुससम्ममा कूल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।
पोखरीमा जलक्रीडा गर्दै हाँस
हेटौँडा, माघ ४ गते । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित एक पोखरीमा जलक्रीडा गर्दै हाँस । तस्बिरः रासस
भिर खोपेर बाटो बनाइँदै
दोलखाको गौरीशङ्करगाउँपालिका–९ को दुर्गम गाउँ रिकुमा कहालिलाग्दो भिर खोपेर बाटो बनाउन थालेपछि स्थानीय हर्षित भएका छन् ।
यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले शुक्रबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
पर्यटन र उत्पादनलाई प्राथमिकता दिएर काम गर्नुपर्छ: शङ्कर पोखरेल
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लुम्बिनी क्षेत्रको समग्र विकासका लागि पर्यटन र उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो ।