• ३ माघ २०८१, बिहिबार

सरकारमा सहभागी मन्त्रीसँग सभापति देउवाले लिए कार्यप्रगतिबारे जानकारी

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं, माघ ३ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको छ ।

बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिनुभएको हो ।

हालसम्म तीन जना मन्त्रीले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनुभयो । उहाँले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गर्नुभयो ।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिनुभएको उहाँले बताउनुभयो ।

‘‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ ।,’’  मन्त्री चौधरीले भन्नुभयो, ‘‘के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’’

उहाँले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताउनुभयो ।