वागेश्वरीमा सुरु भयो गाैं कथा महोत्सव
योगी नरहरिनाथ आश्रमस्थल चितवनको बागेश्वरीमा सोमबारदेखि त्रिदिवसीय गौं कथा महोत्सव सुरु गरिएको छ । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका सदस्य रामप्रसाद ओस्तीका अनुसार गाईको धार्मिक महत्त्व र संरक्षणको लागि लक्ष्मी पूजा अर्थात् गाई तिहारको अवसर पारेर आश्रमले उक्त महोत्सव आयोजना गरेको हो ।
काभ्रेको दुवै क्षेत्रमा एमाले र गठबन्धन उम्मेदवारबीच प्रतिस्पर्धा
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढेसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताको घरदैलो अभियानमा जुटेका छन् । जिल्लाका आम मतदाताको ध्यान प्रतिनिधि सभा क्षेत्र नम्बर १ र २ का उम्मेदवारमा केन्द्रित देखिएको छ ।
नेपाल प्रहरीले मनायो कुकुर तिहार [फोटो फिचर]
काठमाडौं, कात्तिक ७ गते । तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार नेपाल प्रहरीले बिभिन्न कार्यक्रम गरी मनाएको छ । कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएकाे थियो । कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो । प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ । कुकुरलाई इमान्दार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।
प्रिन्ट भएको लाइसेन्स लिन नजाँदा यातायात व्यवस्था विभागमा लाइसेन्सको चाङ
एक वर्षअघि मोटरसाइकलको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा पास गर्नुभएका नवलपरासीका विमल पौडेल लाइसेन्स तयार भयो भनेर ‘म्यासेज’ आएपछि एक हप्ताअघि एकान्तकुना कार्यालयमा जानुभयो तर एकान्तकुना कार्यालयले भने लाइसेन्स आएको छैन भनेर फर्काइदियो ।
भत्काउनुपर्छ– महानगर, संरक्षण गर्नुपर्छ – पुरातत्व
टुकुचा खोलामा निर्माण गरिएको सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा विवाद देखिएको छ । अनधिकृत संरचना हटाउने काठमाडौँ महानगरपालिकाको अभियानअन्तर्गत भेटिएको टुकुचा खोलामा निर्मित सुरुङ संरक्षण गर्ने कि भत्काउने विषयमा महानगरपालिका तथा पुरातìव विभागको आ–आफ्नै तर्क र अडान रहेको छ ।
चार विदेशी संस्था आउँदै,स्वदेशी पर्यवेक्षण संस्थालाई कडाइ
आमनिर्वाचनको पर्यवेक्षण गर्न यस पटक युरोपेली सङ्घ र अमेरिकी संस्था नेपाल नआउने भएका छन् । रुसी पर्यवेक्षक पहिलो पटक नेपाल आउने भएका छन् । विगतका आमनिर्वाचनमा प्रमुख चासोका साथ पर्यवेक्षणमा संलग्न युरो
प्रहरीलाई आइपर्ने चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुँदै
ललितपुर, कात्तिक ६ गते । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले साँझ घोषणापत्र सार्वजनिक गर्नुहुने भएको हो।घोषणापत्र तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेका अनुसार सभापति देउवाले डिजिटल प्रविधिमार्फत र अन्य पदाधिकारी पार्टी कार्यालय सानेपामा उपस्थित भएर घोषणापत्र सार्वजनिक गर्नुहुनेछ।उहाँका अनुसार, निर्वाचनमा संविधान कार्यान्वयन, लोकतन्त्र सुदृढीकरण र सङ्घीयताको प्रभावकारी कार्यान्वयनलाई मुख्य मुद्दा बनाउने भएको छ। कांग्रेसले तयार गरेको घोषणापत्रमा अस्थिर राजनीतिको अन्त्य गर्दै संविधान र लोकतन्त्र रक्षार्थ गर्नुपरेको आन्दोलनलाई ध्यानमा राखेर स्थायित्वको मुद्दालाई प्राथमिकता दिइएको छ।यसअघि, असोज २८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री एवम् घोषणापत्र तयारी समिति संयोजक विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदामा प्रस्तुत गर्नुभएको थियो। बैठकबाट मस्यौदा अनुमोदन भएपछि अन्य सुझावलाई समावेश गरेर घोषणापत्र तयार गरिएको छ।कांग्रेसले संसदीय शासन प्रणालीमाथि हुनसक्ने खतराका बारेमा दृष्टिकोण अगाडि सारिएको छ। कांग्रेसका सहमहामन्त्री जीवन परियारले ‘निरन्तरतामा नवीनता’ भनिएको घोषणापत्रमा संविधान र लोकतन्त्रको रक्षाको प्रतिबद्धता व्यक्त गरिएको बताउनुभयो।उहाँले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारका संसदीय शासन प्रणालीविरुद्ध विभिन्न गतिविधिलाई ध्यानमा राखेर कांग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको अपनत्व ग्रहण गर्ने गरी घोषणापत्र बनाइएको बताउनुभयो।उहाँका अनुसार, घोषणापत्रमा २०४८ सालपछि कांग्रेसले सुरु गरेका महत्त्वपूर्ण कामहरू सङ्क्षिप्त रूपमा समावेश गरिएको छ। उहाँले पाँच वर्षकै लागि सरकार सञ्चालन गर्ने लक्ष्यका साथ घोषणापत्र आउने बताउनुभयो।समुन्नतिको खाकाघोषणापत्र तयारी समिति सदस्य अर्थविद् डा. स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा निर्माण भएको जानकारी दिनुभयो। उहाँले स्थानीय तह निर्वाचनकै निरन्तरताको रूपमा आउने घोषणापत्रमा पहिलो खण्डमा समसामयिक विषयमा दृष्टिकोण रहने बताउनुभयो।उहाँका अनुसार, उक्त खण्डमा गणतन्त्र, संविधान र सुशासनका बारेमा कांग्रेसको दृष्टिकोण आउनेछ। उहाँले कांग्रेस नेतृत्वको सरकार आएपछि कोभिड डिप्लोमेसी र संविधानलाई फेरि ट्र्याकमा ल्याइएको विषय आउने बताउनुभयो।उहाँले भन्नुभयो, “ठूला रूपान्तरणका बारेमा कांग्रेसले लिएको अडान र सफलता तथा नागरिकता विधेयकसहित संसद् पुनर्बहाली भएपछि जीवन्त तुल्याउनका लागि पारित दर्जनौँ विधेयकका बारेमा घोषणापत्रमार्फत कांग्रेसको धारणा आउने छ।”डा.वाग्लेले दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने बताउँदै लोकतान्त्रिक प्रणालीभित्रै समुन्नतिको मार्गचित्रको सैद्धान्तिक आधार प्रस्तुत गर्ने र लोकतान्त्रिक व्यवस्थाको शुद्धीकरण तथा सुशासनको मुद्दा उठान गरिने जानकारी दिनुभयो।उहाँका अनुसार, फराकिलो आर्थिक सामर्थ्य र समन्यायिक समाज र नेपालको सांस्कृतिक सहअस्तित्व पनि सोही खण्डमा हुनेछ। जलवायु परिवर्तन, वन वातावरण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको घोषणापत्रमा सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको बारेमा कांग्रेसको दृष्टिकोण प्रस्तुत गरिएको छ।तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकता राखिएको छ। डा. वाग्लेका अनुसार मानव संशोधन वा शिक्षा, स्वास्थ्य र पोषण, जलवायु परिवर्तन, ऊर्जा तथा भौतिक पूर्वाधारसहित १० वटा विषयमा उक्त खण्डमा राखिएको छ। उहाँले सोही खण्डमा वित्तीय व्यवस्थाको प्रक्षेपण पनि गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “अग्रगामी आर्थिक रूपान्तरणका विषयमा घोषणापत्रमा प्रस्ट विषय आएका छन्।”समिति सदस्य गेजा शर्मा वाग्लेले घोषणापत्रमा राष्ट्रियता, राष्ट्रिय सुरक्षा नीति र विदेश नीति राष्ट्रिय सहमतिको दस्ताबेज हुनुपर्ने कांग्रेसको दृष्टिकोण आएको बताउनुभयो। उहाँले भन्नुभयो, “तत्कालीन नेकपा सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध असान्दर्भिक थियो। त्यसकारण वैदेशिक लगानी आकर्षित गर्न सकेन। कांग्रेस नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध राम्रो बनेको छ। यस विषयमा कांग्रेसको दृष्टिकोण, प्राथमिकता र सिद्धान्त प्रस्तुत घोषणापत्रमार्फत प्रस्तुत गरिनेछ।”मार्गचित्र मिल्छकांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले कांग्रेसको मार्गचित्र अरू राजनीतिक दलसँग मिल्ने बताउनुभयो। उहाँले सैद्धान्तिक र व्यावहारिक रूपमा नेकपा (माओवादी केन्द्र) र सत्ता गठबन्धनमा भएका दलहरूका कार्यक्रमहरू संविधान कार्यान्वयन, सङ्घीयतालाई सबल बनाउने र आर्थिक विकास रहेकाले कांग्रेसको घोषणापत्र कार्यान्वयन हुने बताउनुभयो।
नेपाल संवत् ११४३ (न्हूदँ)को सांस्कृतिक र्याली
नेपाल संवत् ११४३ (न्हूदँ)को उपलक्ष्यमा शनिबार मैनबत्तीसहित सांस्कृतिक र्याली आयोजना गरिएकाे छ । श्री गणेश सामुदायिक विकास सेवा (माल्चाटार)को संयोजकत्वमा कामपा का १५ वडाका १२ वटा टोलको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।