प्रत्यक्ष प्रतिस्पर्धामा महिला उम्मेदवार बाह्र प्रतिशत
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणालीमा प्रतिस्पर्धा गर्ने महिला उम्मेदवारको सङ्ख्या कम रहेको छ। संविधानले प्रतिनिधि सभा तथा प्रदेश सभामा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने सुनिश्चित गरेको छ। तर आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न उम्मेदवार दर्ता गराएका महिलाको सङ्ख्या निकै कम रहेको निर्वाचन आयोग नेपालको तथ्याङ्कमा छ।
समानुपातिकको मतपत्र व्यवस्थापन हुँदै
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन अधिकृतका कार्यालयका कामहरू निर्वाचन केन्द्रित भएका छन्।
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री
तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो ।
तारकेश्वरमा ३५ दिनभित्र व्यवसाय दर्ता नगरे कारबाही
काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ ।
जनताको अवस्था बदल्न उम्मेदवार बनेको हुँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता तनहुँ-१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले जनताको अवस्था बदल्नको लागि उम्मेदवार बनेको बताउनु भएको छ।
संवेदनशील क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई
जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।
ढुङगा खानी ओझेलमा पर्दा स्थानीय थामी समुदाय चिन्तित
पुर्खौदेखि जीवन जिउन सञ्चालनमा आएको दोलखाको बिगु गाउँपालिका –६ आलम्पुस्थितको ढुङ्गा (स्लेट) खानी राजनीतिक दलले खासै चासो नदिँदा ओझेलमा पर्दै आउन थालेपछि थामी समुदाय चिन्तित बनेका छन् । चुनाबताका घर–घरमा आएर खानीलाई व्यवस्थित गरी रोजगारी दिलाउने आश्वासन बाँड्ने तर जितेपछि वास्ता नगरिदिनाले खानी ओझेलमा पर्न थालेपछि चिन्तित हुनुपरेको थामी समुदायको गुनासो रहेको छ ।
घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी
वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।
भक्तपुरमा राजनीतिक अङ्क गणित : गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा र प्रदेशसभाका लागि मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ ।