डा. कार्कीको उम्मेदवारी खारेज विवादमा
ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. तोसिमा कार्कीको मनोनयन रद्द विवादमा परेको छ। निर्वाचन आयोगले लाभको पदमा रहेको भन्दै शनिबार कार्कीको उम्मेदवारी खारेज गरेको थियो।
युवाले विकासको ढोका खोल्न सक्छन् : नरहरि आचार्य
नेपाली कांग्रेसका नेता नरहरि आचार्यले युवाले मात्र विकासको ढोका खुलाउन सक्ने बताउनुभयो।
प्रधानमन्त्री को बन्ने टुङ्गो लागेको छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भावी प्रधानमन्त्रीका बारेमा अहिलेसम्म गठबन्धनका बीचमा कुनै टुङ्गो नभएको बताउनुभएको छ ।
ललितपुरको कुपण्डोलमा छठपूजा (फोटो फिचर)
उपत्यकामा कुपण्डोलबाहेक कमलपोखरी, गौरीघाट, मनोहरा, टेकु लागायत क्षेत्रमा पूजापाठ गरेर छठपर्व मनाइएको छ।
काठमाडौं–१० मा माओवादीद्वारा गठबन्धन अस्वीकार
नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीनजना सदस्यहरूको उम्मेदवारी कायम रहेको जनाएको छ ।
एक महिनाभित्र मेलम्चीको पानी राजधानीमा ल्याइने
गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
बन्द हुने अवस्थामा कङ्क्रिट मिक्सर मेसिन उद्योग
चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इन्जिनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि. सं. २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ ।
चितवनका ३४ मतदानस्थल अति संवेदनशील
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अति संवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ ।
सुरुङ मार्ग निर्माण अन्तिम चरणमा
उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।