विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानतामैत्री हुनुपर्ने
विपत सम्बन्धी योजना र प्रतिकार्य लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण मैत्री हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
शिक्षक मृत्यु प्रकरण : दशरथचन्द मार्ग अवरुद्ध
बैतडीको पाटनमा मृत फेला पर्नुभएका शिक्षक धनबहादुर विष्टको हत्या भएको भन्दै दोषी पत्ता लगाउन बैतडीमा शिक्षक, विद्यार्थी र स्थानीयवासी आन्दोलित भएका छन् ।
हलिया मुक्तिको डेढ दशक : पुनःस्थापनाको कार्य अझै पूरा भएन
सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढ दशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुनःस्थानको कार्य अगाडि बढाइएको छ ।
‘संस्कृति संरक्षणमा प्रतिष्ठान सफल हुने’
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशको भाषा, कला र संस्कृति संरक्षण गर्न सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको कार्यालयको उद्घाटन गर्नुहुँदै प्रतिष्ठानले चाँडै पूर्णता प्राप्त गर्ने बताउनुभयो।
दुई सातादेखि समितिका सदस्य अलपत्र
साइपाल गाउँपालिका–२ की भाना बोहरा एक वर्षको दुधेबालक च्यापेर तीन दिनको पैदल हिँडाइपछि बझाङ सदरमुकाम चैनपुरमा आइपुग्नुभएको छ, जहाँ साइपाल गाउँपालिकाको सम्पर्क कार्यालय छ। दुधेबालक लिएर बोहरा आउनुको कारण हो, योजना सम्झौता। यद्यपि सदरमुकाम चैनपुर आएको १२ दिन बितिसक्दा पनि योजनाको सम्झौता हुनसकेको छैन।
मह काढ्न छाडेर मजदुरीतिर
लोपोन्मुख राजी जातिका मानिस गुजाराका लागि जङ्गल र नदीनालामा चहार्दै मौरीको सिकार गर्दथे। दिनभरि जङ्गल घुम्दै मह सङ्कलन गर्ने र गाउँघरमै बिक्री गरेर जीवन गुजारा गर्ने राजी जातिको यो पेसा अहिले सङ्कटमा परेको छ। बुकबहादुर राजीले भन्नुभयो, “तर अचेल पहिलाको जस्तो मह पाइँदैन।”
बाँदरको आक्रमणबाट महिला घाइते
भान्सा कोठामा खाना पकाइरहेका बेला खाना खोस्न आएका बाँदरले आक्रमण गर्दा बैतडीमा एक महिला घाइते हुनुभएको छ । घाइते महिलाको टाउकोमा छ वटा टाँका लगाइको छ ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जोखिममा डोगडी बस्ती
जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा–५ को डोगडी बस्ती बाढीपहिरोको जोखिममा छ। डोगडी बस्तीको वरिपरि रहेका सिमगाड, भुजनगाड, चौलाह खोलाले बर्सेनि जमिन काट्दै गएपछि त्यो बस्ती जोखिममा रहेको हो। खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका स्थानीय पदम सार्कीले भन्नुभयो, “गाउँकै अगाडि सिउगाड र चौलाह खोला छ। हिउँदमा ती खोलामा पानी थोरै हुन्छ।
पुसमै फुल्यो लालीगुराँस
वसन्त ऋतुको चैत–वैशाखमा फुल्ने लालीगुराँस चार महिनाअगावै हेमन्त ऋतुको पुसमै फुल्न थालेको छ। बैतडीको सिगास गाउँपालिका–२, गाँजरीको बुराँउसेको जङ्गलमा पुसमै लालीगुराँस फुलेको छ। नेपालको राष्ट्रिय फूल लालीगुराँसलाई सुदूरपश्चिमतिर बुराँस, बुरुँज पनि भन्ने गरिन्छ।
कैलालीमा सुन व्यवसायी विकास सुनारमाथी गोली प्रहार
कैलालीको अत्तरियामा अज्ञात व्यक्तिले चलाएको गोलीबाट एक जना घाइते भएका छन्।
महाकाली तटीय क्षेत्र : उहिले बाढीको त्रास, अहिले पर्यटकीय गन्तव्य
वि.सं २०७० अघि हरेक वर्षातमा महाकाली नदीमा आउने बाढीले भीमदत्त नगरपालिकाको तटीय क्षेत्रका नागरिकको दैनिकी त्रासदीपूर्ण हुन्थ्यो ।
घोडाघोडी नगर फुटबल समितिमा शाही
कैलालीको घोडाघोडीमा नगर फुटबल तदर्थ समिति गठन गरिएको छ । आइतबार एक कार्यक्रमका बीच गणेश शाहीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।
नगरभित्रै थन्कियो फोहोर
जिल्ला सदरमुकामको अमरगढीका बजारबाट सङ्कलन गरिएको फोहोर गाडीमा नगरपालिकाभित्रै थन्किन थालेको छ। अमरगढी नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेपछि फेरि नगरपालिका परिसरभित्र फोहोर थन्किन थालेको हो। यसअघि अमरगढी नगरपालिका–५, जिल्ला सदरमुकामको बाघखोर बजारछेउ ऋषिखोला सामुदायिक वनमा खाल्टो बनाई नगरपालिकाले फोहोर जलाउँदै आएको थियो।
बैतडीमा शिक्षक मृत भेटिए
बैतडीको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन् । श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आउनुभएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
यथार्थपरक समाचार लेख्न मुख्यमन्त्री भट्टको आग्रह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जति तितो भए पनि पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभा निर्वाचन प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यको मतपरिणामको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो
निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ।
धामीझाँक्रीले पुनः डर देखाएपछि महिलाको छाउगोठमै बास
पछिल्लो समय बाजुराका अधिकांश महिला महिनावारी भएको बेलामा फेरि छाउगोठ सर्न थालेका छन् ।
‘स्कुल बस’ दिने मुख्य मन्त्रीको घोषणा अधुरै
नेपाल सरकारले घोषणा गरेको बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घोषणा अधुरै रहेको छ ।
सुरक्षित सुत्केरी गराउने बढे
बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढेको छ। पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ।
भोगाधिकार नपाउँदा राजधानी बनाउन सकस
सुदूरपश्चिम प्रदेशको पहिलो सरकार स्थायी राजधानी बनाउन असफल रह्यो। सङ्घीय सरकार मातहत रहेको जग्गाको भोगाधिकार नपाउँदा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले स्थायी राजधानी बनाउन नसकेको हो। २०७५ असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा घोषणा गरिएको थियो।
कैलालीबाट निर्वाचित सबै जनप्रतिनिधिले बुझाए निर्वाचन खर्च
कैलालीबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित सबै जनाले निर्वाचन खर्च विवरण बुझाएका छन्।
लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै
हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ ।