सुदूरपश्चिम प्रदेश सभामा खस आर्य समुदायको वर्चस्व
सुदूरपश्चिम प्रदेश सभामा खस आर्यको वर्चस्व भएको छ । जम्मा ५३ सदस्य रहेको प्रदेश सभाका लागि खस आर्यबाट ४३ जना प्रदेश सभा सदस्य चयन हुनुभएको छ ।
बैतडीमा जिप दुर्घटना, छ जना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । पुरचौडी नगरपालिका –६, सुइलेक सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रण चुनौती बन्दै : पाँच महिनामा ८७ पक्राउ
खुला सिमानाका कारण कञ्चनपुरमा पछिल्लो समय लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा प्रमुख चुनौती बन्दै गएको छ ।
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो ।
कमलबजारमा खानेपानी न्यून
कमलबजार नगरपालिकाका ४७ प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेका छन्। नगरपालिकाका ५३ प्रतिशत जनसङ्ख्या मात्रै खानेपानीको सहज पहुँचमा भएको कर्णाली जल परियोजनाका विष्णु पोखरेलको भनाइ छ।
तीन वर्षदेखि बजेट फ्रिज
बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाबीच खानेपानी मुहानका विषयमा विवाद सिर्जना भएको छ। विवादले गर्दा दुवै पालिकाले सो मुहानको पानी प्रयोग गर्न पाएका छैनन्। सो आयोजनाका लागि तीन आर्थिक वर्षदेखि बजेट विनियोजन हुँदै आएको भए पनि मुहान विवादका कारण योजना बन्न नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमखु कृष्णबहादुर बोगटीले जानकारी दिनुभयो।
भलिबलको उपाधि मैलौलीलाई
बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।
साझेदारीमा धेरै महत्त्वपूर्ण काम गर्न सकिन्छ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक अर्काको सह–अस्तित्व स्विकारेर काम गर्नु नै विकासको मेरुदण्ड रहेको बताउनुभएको छ।
एचआइभी सङ्क्रमित एकल महिलालाई समस्या
डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआइभी सङ्क्रमण भएको १० वर्ष भयो ।
सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्ः अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक पटक दिएका तर न्याय भने नपाइएको गुनासो गर्नुभएको छ ।
‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’
विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पीपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।
पर्यटक भित्र्याउन झोलुङ्गे पुल
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण गरिएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोटभैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरी अग्लो डाँडामाथि पुल निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार रुपियाँ लगानीमा उक्त पुल निर्माण गरेको हो। जमिनदेखि ७० मिटर उचाइमा निर्माण गरिएको पुलको लम्बाइ २०० मिटर छ।
‘जनताको फैसला अनुमोदन होस्’
कैलालीका राजनीतिज्ञहरूले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेश समाजलाई पुनः जोड्ने कडी भएको बताएका छन्। कैलाली ३ का प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले अध्यादेश सही भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चुनावमा रेशम चौधरी निर्दोष हो भनेर भोट माग्ने अनि अहिले अध्यादेशको विरोध गरिरहेको देख्दा दुःख लागेको छ। यस्तो दुईखालको अभिव्यक्ति शोभनीय हुँदैन।”
एउटै निर्वाचन क्षेत्रबाट तीन महिला सांसद
सुदूरपश्चिमबाट प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व नै कम रहेको बेला कैलालीको निर्वाचन क्षेत्र नम्बर १ ले भने तीन जना महिला सांसद पाएको छ।
हेलिकप्टरमार्फत सुत्केरी हुने महिलाको उद्धार
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक गाउँपालिका–१ मुक्तिकोटकी १८ वर्षीय पवित्रा कडारालाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
डोका नाम्ला बुनेर राम्रो आम्दानी गर्नुहुँदै बुढा
वैदेशिक रोजगारीमा राम्रो कमाइ नभएपछि गाउँ फर्किएर डोका, नाम्ला बुन्न सुरु गर्नुभएको खप्तड छेडेदह गाउँपालिका –६ बुडाबाडाका डम्मबहादुर बुढाले यसबाट राम्रो आम्दानी गर्न थाल्नुभएको छ ।
झोलुङ्गे पुलमा रमाउँदै पर्यटक (फोटो फिचर)
डोटीमा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र वडा नम्बर ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरेर अग्लो डाँडामाथि पुल निर्माण भएको छ ।
प्रदेश सरकार गठनको चर्चा सुरु
जनादेशबाट प्रदेशले नयाँ प्रदेश सभा सदस्य पाएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको चर्चा सुरु भएको छ। जनताले प्रदेश सरकार गठनबारे चासो लिइरहेका बेला दलले पनि नयाँ सरकार गठनको कसरत गर्न थालेका छन्। खास गरेर सत्ता गठबन्धनमा आबद्ध दलहरूले नयाँ सरकार गठनको सवालमा ध्यान केन्द्रित गरेका हुन्।
बसपार्क नहुँदा सडकमै पार्किङ
बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। झन्डै चार वर्षअघि मात्रै साँफेमार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो। पवनदूत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालका अनुसार सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको छ। मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारीसाधन राख्न पार्किङ नहुँदा समस्या भएको यातायात व्यवसायी बताउँछन्।
बसपार्क नहुँदा मार्तडीका सडकमै पार्किङ
बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ । झण्डै चार वर्ष वर्षअघि मात्रै साँफेमार्तडी राजमार्ग अन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो ।
पत्रकार ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध
नेपाल पत्रकार महासङ्घ कैलाली शाखालगायत पत्रकारका सङ्गठनहरूले कैलालीका पत्रकार खेम ढुङ्गानामाथि भएको दुर्व्यवहारको विरोध गरेका छन् ।
बालकको उपचारमा समस्या
यहाँको छायाँनाथ रारा नगरपालिका–८, झ्यारी गाउँका रवि रावल छ वर्षको हुनुभयो। सामान्य अवस्थामा भएको भए उहाँ झोलामा किताब कापी बोकेर विद्यालय जानुहुन्थ्यो तर अवस्था त्यस्तो छैन। पढ्ने, खेल्ने र रमाउने दिनमा रवि जन्मजात प्यारालाइसिस रोगको पीडित बनेर बिस्तारामै सङ्घर्ष गरिरहनुभएको छ। गर्भवती अवस्थामै रोगले थला परेकी रविकी आमा मायादेवी रावलको उहाँलाई जन्म दिएको एक महिना नपुग्दै मृत्यु भयो। आमाको दूधसमेत खान नपाएका रविलाई गाईको दूधको भरमा बचाएको रविका बुवा कुम्मरबहादुर रावल सम्झनुहुन्छ। गाईको दूधको भरमा जेनतेन रविको प्राण त धानियो तर शरीरको विकास क्रम रोकियो। प्यारालाइसिससमेत भयो। रविको शरीरको दायाँ भाग चल्दैन। रविले हालसम्म स्वास्थ्य संस्थाबाट लिइने नियमित खोपसमेत पाउनुभएको छैन।
सुदूरपश्चिमबाट बीस जना प्रतिनिधि सभा सदस्य
सुदूरपश्चिम प्रदेशबाट यस पटक प्रतिनिधि सभामा २० जना सांसद बन्नुहुने भएको छ। विभिन्न राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचन प्रणालीबाट चार जनालाई प्रतिनिधि सभा सदस्यमा चयन गरेपछि यो सङ्ख्या पुगेको हो। यो प्रदेशबाट पहिलो हुने निर्वाचन प्रणालीमार्फत १६ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।
मङ्सिरमै पाक्यो काफल
चिसोका कारण छेउछाउमा तुषारो जमिरहेको छ तर चैत–वैशाखमा पाक्ने काफल मङ्सिरमै रातो हुन थालेको छ। काफलको रुखमुनि भवगान् गणशेको जस्तो आकृति र अद्भूत गुफा भएका कारण यहाँ चार दशकदेखि पूजा हुँदै आएको छ। वसन्त ऋतुमा पाक्ने काफल हेमन्त ऋतुमै रातो हुन थालेपछि प्रकृतिको लीला र दैवीय कारणले सधैँ यस्तो हुने गरेको जनविश्वास छ। बैतडीको सिगास गाउँपालिका–१, गोलेधारको ठूलाखोमा यस्तै जनविश्वास बलियो बनाउने गरी मङ्सिरमै काफल पाकेको हुन सक्ने स्थानीय धार्मिक अगुवा रामप्रसाद भट्टले बताउनुभयो। उहाँले भन्नुभयो, “मलाई ३० वर्ष पहिले यो स्थानका बारेमा सपनामासमेत जानकारी भएको थियो। सपनाअनुसार काफलको रुखमुनि गएर हेर्दा गणेशको जस्तो आकृति र सँगै अर्को अद्भूत गुफा भेटियो। पछि सो स्थानमा पूजासमेत हुन थालेको हो।”