छ वर्षदेखि निर्माणाधीन पुल अलपत्र
पाटन–पञ्चेश्वर सडक खण्डको गोइडाखोलामा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र छ। बैतडीको तल्लोस्वराड क्षेत्रका तीन स्थानीय तह सो पुलले जोड्नेछ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले २०७४ सालदेखि ठेक्कामार्फत निर्माण गर्न लगाएको पुलको कुल बजेट दुई करोड ३८ लाख रुपियाँ रहेको छ। दुई वर्र्षभित्रै पुल निर्माण गरेर यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको भए पनि नहरकुलो भत्किने भन्दै स्थानीयवासीले मुआब्जा दाबी गरेपछि पुल निर्माणको काम रोकिएको कार्यालयको भनाइ छ। पाटन–पञ्चेश्वर सडकखण्डको गोइडाखोलामा पुल नहुँदा खोलाको अस्थायी बाटोबाट सवारी चल्दै आएका छन्। पानी परेका बेला यहाँ बाढीले यातायात अवरुद्ध हुने गरेको छ।
दुई साइकलको भरमा इलाका प्रहरीको सीमा गस्ती
इलाका प्रहरी कार्यालयको प्रहरीसँग सवारी साधनको नाममा दुई वटा साइकल मात्रै छ भन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । कैलालीको भजनी नगरपालिका –५ स्थित इलाका प्रहरी कार्यालय पृथ्वीपुरमा कार्यरत प्रहरीले दुई वटा साइकलको भरमा सीमा क्षेत्रमा गस्ती गर्दैआएका छन् ।
अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण सुरु
कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका अग्निपीडित मुक्त कमैयाको पक्की घर निर्माण कार्य सुरु भएको छ ।
गन्धक र सुरासहित पक्राउ
विष्फोटक पदार्थमा प्रयोग हुने सामानसहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रूपमा २३ किलो गन्धक र पाँच किलो सुरा लिएर आइरहेको अवस्थामा सशस्त्र प्रहरीले कैलारी गाउँपालिका –४ ‘के गाउँ’ का ४७ वर्षीय सोमनारायण गामु डङ्गौरालाई पक्राउ गरेको हो ।
स्याहार केन्द्रमा छोराछोरी मेलापातमा आमा
केआईसिंह गाउँपालिका–४, बायलकी गौरी खड्काले तीन वर्षीय छोरा शिशु स्याहार केन्द्रमा छाडेर मेलापातमा निस्कनुहुन्छ।
चौधरीको बाध्यता परिवार पाल्न बगरमै बास
कञ्चनपुरको बेलौरी नगरपालिका–८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउनुहुन्छ ।
भवन अधुरो हुँदा खोप लगाउन समस्या
भागेश्वर गाउँपालिका–३, सतीगाउँमा गाउँघर क्लिनिक भवन नहुँदा बालबालिकालाई खोप लगाउन समस्या भएको छ। दुई वर्षपहिले गाउँघर क्लिनिकको भवन निर्माण सुरु गरिएको भए पनि पूर्ण रूपमा निर्माण पूरा नहुँदा सतीगाउँका बालबालिकालाई खोप लगाउन समस्या भएको हो। सती गाउँका बालबालिकालाई खोप लगाउनका लागि डेढ घण्टाभन्दा बढीको पैदल दूरी हिँडेर वडाको सदरमुकाम बोगटासम्म जान स्थानीय बाध्य छन्। स्थानीय महिला डम्बरी भट्टले बालबालिका खोप लगाउन डेढ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खोप लगाउन मात्रै एक दिन पूरै कट्छ। अरू काम केही पनि हुँदैन। गाउँमै क्लिनिक भइदिएको भए धेरै सहज हुने थियो।”
‘संस्कृति जगेर्ना गर्न आवश्यक’
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ। प्रमुख जोशीले बाजुरेली सेवा समाजद्वारा धनगढीस्थित खुलामञ्चमा आयोजित भुवा पर्वको शुक्रबार उद्घाटन गर्नुहुँदै संस्कृति, चाडपर्वको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो पहिचान छैन भने हाम्रो धर्म र हामी मानव हुनुको औचित्य छैन। त्यसकारण यसको जगेर्ना गरेर अगाडि बढ्न आवश्यक छ।” उहाँले भुवा पर्व आयोजना गरेर सराहनीय र प्रशंसनीय कार्य गरेको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
गाउँमा दिउँसै बाघ घुम्दा गाउँले त्रसित
कैलालीको वसन्ता कोरिडोर आसपासका गाउँमा दिउँसै बाघ डुल्न थालेपछि स्थानीय त्रसित भएका छन्। एक सातादेखि गाउँतिर बाघ बरालिएको देखिन थालेपछि कैलारी गाउँपालिका–७ र ५ का बासिन्दा त्रसित भएका हुन्। स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही दिनदेखि गाउँ, खेततिर देखिने गरेको छ। बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ।
स्थानीयले बनाए अस्थायी पुल
राज्यले चासो नदिएपछि स्थानीयले काठका फलेक राखेर सेती नदीमा अस्थायी पुल निर्माण गरेका छन् । बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङबबिना जोड्ने पुल डेढ वर्षअघिको बाढीले भत्काएको थियो । २०७८ साल कात्तिकमा सेती नदीको बाढीले पुलसँगै स्थानीय १०३ घरपरिवारको जग्गासमेत बगाएको थियो । बाढीपीडितले अहिलेसम्म कुनै राहत पाउन सकेका छैनन् । स्थानीय पदम खडायतले पुलको अभावमा स्थानीयवासीको दैनिकी कष्टकर बनेपछि समुदायको अगुवाइमा अस्थायी काठेपुल बनाइएको बताउनुभयो ।
सुदूरपश्चिममा भुवा पर्वको रौनक
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले संस्कृति, चाडपर्व र रीतिरिवाज संरक्षण गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ।
बाजुरामा भुवा पर्वको रौनक सुरु
ए यो भुवो काँ जादो ? भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे.... भस्सा ।। भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन् ।
तोरीखेतीप्रति कैलालीका किसान आकर्षित
कैलालीमा तोरीखेतीप्रति किसानको आकर्षण बढेको छ । तोरीले मूल्य राम्रो पाएपछि तोरीखेतीमा कृषकको आकर्षण बढेको हो । गत वर्ष किसानले नौ हजारदेखि बाह्र हजार क्विन्टलसम्म तोरीको मूल्य पाएका थिए ।
अस्पताल निर्माणको विषयमा झडप, २७ घाइते
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माण गर्ने विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ ।
भूकम्पपीडितको दिनचर्या कष्टकर
लगातारको अत्यधिक चिसो र त्रिपालमुनिको बसाइले डोटीका भूकम्पपीडितको दिनचर्या कष्टकर बन्दै गएको छ। रातिको समयमा शीत पर्ने कारण पालभित्र पानी चुहिँदा बालबालिका, वृद्ध र गर्भवती महिलामा बढी समस्या हुने गरेको छ। डोटीको पूर्वीचौकी–३, गैरागाउँकी ६५ वर्षीया धौलीदेवी भुलले भन्नुभयो, “कतिबेला उज्यालो होला र घाम तापाैँला भन्ने हुन्छ।”
नयाँ सरकार गठनको तयारी
सुदूरपश्चिम प्रदेश नयाँ सरकार गठनको तयारीमा जुटेको छ। निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा गरेसँगै प्रदेश सरकार गठनको तयारी हुन थालेको हो। पुस २ गते सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई निर्वाचन आयोगका आयुक्त डा. जानकी तुलाधरले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाउनुभएको थियो। आयोगले मङ्सिर २८ गते निर्वाचनको अन्तिम मतपरिणाम घोषणा गरेको थियो। प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको खण्डमा अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना
कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यको शपथ पुस १५ गते हुने
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ।
टिपरले अटोलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि आन्दोलन
कैलालीमा टिपरले अटोलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन्।
प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण ज्येष्ठ सदस्य रावलबाट
सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गराइने भएको छ ।
कैलालीमा शीतलहर र बाक्लो हुस्सु
कैलालीमा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सुसहित शीतलहर चल्न थालेको हो ।
होमस्टेको प्रवर्द्धन गर्न महोत्सव
कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा होमस्टे महोत्सव आयोजना हुने भएको छ । होमस्टेसहित मौलिक कला, संस्कृति, खानपानको प्रवर्द्धन गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले होमस्टे महोत्सव आयोजना गर्न लागेको हो । महोत्सव पुस १४ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
सवारी दुर्घटनामा परी छोराको मृत्यु आमा घाइते
कैलालीमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुधबार बिहान गोदावरी नगरपालिका ६ लालपुरमा टिप्परले अटोलाई ठक्कर दिदा अटोमा सवार पेन्टि ठकुल्ला घाईते हुनुभएको हो । उहाँको तीन वर्षीय छोरा भरत ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तीन महिनादेखि त्रिपालको बास
बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित अझै पनि त्रिपालमा दिन बिताइरहेका छन्। बाढीपहिरो पीडितको पुनस्र्थापनाको पहल कतैबाट हुन सकेको छैन। वडा नं. ४ बोर्ताका ११२ परिवार त्रिपालमै छन्। त्रिपालमा तीन महिना बिताए पनि राहत र पुनस्र्थापनाको कुनै पहल हुन नसकेको बाढीपहिरो प्रभावितको गुनासो छ। पुर्खौदेखि बसोबास गरिआएको घर असोजको वर्षाले भत्काएपछि उनीहरूसँग अहिले ओत लाग्ने ठाउँ नभएको हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डेयले बताउनुभयो। उहाँले गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहत प्रभावितलाई पुग्दो नभएको बताउनुभयो। प्रभावित स्थानीय गाँस, बासको पर्खाइमा रहे पनि कुनै निकायबाट सहयोग हुन नसकेको उहाँले बताउनुभयो। गाउँपालिकाबाट सहयोग भएको भए पनि बाढीपहिरो प्रभावितलाई त्रिपाल पुग्दो छैन। एक त्रिपालभित्र धेरै परिवारका सदस्य मिलेर बस्ने गरेका छन्। चिसो मौसममा कठ्याङ्ग्रिँदै त्रिपालभित्र रहेकालाई विभिन्न रोगले समेत सताएको छ। विशेष गरेर दीर्घरोगी, बालबालिकालगायतलाई झनै समस्या भएको पाण्डेयले बताउनुभयो।