• १४ पुस २०८१, आइतबार

कोरोना सङ्क्रमण बढेपछि नाकामै बुस्टर डोज लगाइँदै

blog

फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, वैशाख ३ गते । भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दोक्रममा देखिएपछि नाकामै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । गौरीफन्टा नाकामा स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउन थालेका हुन् । 

अहिले भारतबाट फर्किरहेकाहरूमा सङ्क्रमण बढी देखा परेकाले नाकामै बुस्टर डोज खोप लगाउने कार्यलाई प्राथमिकता दिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताउनुभयो । 

‘अहिले हाम्रो ध्यान बुस्टर डोज लगाउनमा छ’ उहाँले भन्नुभयो । धामीका अनुसार भारतबाट फर्किरहेकासहित अन्य सर्वसाधारणलाई प्रथम र दोस्रो बुस्टर डोज दिइँदै छ । फाइजर र बाइभ्यालेन्ट खोप लगाइरहेको प्रमुख धामीले बताउनुभयो । 

यसैगरी, नाका र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको काम पनि भइरहेको उहाँले बताउनुभयो । नाकामा एन्टिजेन विधिबाट र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने काम भइरहेको जनाइएको छ । ‘अहिले दुई ठाउँबाट मात्रै कोरोना परीक्षण भइरहेको छ’ धामीले भन्नुभयो ।