फोहोरबाट आम्दानी गर्दै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानी पनि गरिरहेको छ । नकुहिने फोहोरको छुट्टै सङ्कलन गरी पुनः प्रयोग योग्य बनाइएका वस्तुहरु बिक्रीबाट मासिक एक लाखभन्दा बढि आम्दानी भइरहेको नगरपालिकाले जनाएको छ ।
कैदीबन्दीले उत्पादन गरेको मुढाले बजार पाएन
जिल्ला कारागार शाखा म्याग्दीमा उत्पादन भएको मुढाले बजार नपाउँदा कारागारका कैदीबन्दी चिन्तित भएका छन् । कैदीबन्दीले आफ्नो सीप अनुसारको मुढा उत्पादन नगरे पनि बजारीकरणको समस्याले मुढा थन्किन थालेपछि मुढा उत्पादन कमी गरेका छन् ।
क्लिनलेक
मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा मात्रै ५७ वटा साना ठुला हिमताल रहेका छन् ।
अनुसन्धान गर्दै प्रहरी, प्रदर्शनमा रास्वपा
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
समितिलाई दुई दिनको मात्र भेटी
फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरको भेटी पुजारीले लिने गरेका छन् । तालवाराहीमा सङ्कलित लाखौँ रुपियाँ भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ ।
पोखरा-बेनी सडकखण्डमा यात्रुमाथि लुट, प्रशासन मौन
पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भगवतिकी सोनी थापा भण्डारीले गत आइतबार पोखरा जाँदा ट्याक्सी चालकले रु छ हजार भाडा मागेको मागेको गुनासो गर्नुभयो ।
पूर्वगृहमन्त्री रविको बयान जारी
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।
नेसपा नयाँ शक्तिको महाधिवेशन माघमा
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघ २५ देखि २७ गते काठमाडौँमा महाधिवेशन गर्ने भएको छ।पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो।
दुई जिल्ला जोड्ने झोलुङ्गे पुल
बागलुङ नगरपालिका–४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल । पुल निर्माणपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोटिएको छ ।
दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
पेट्रोल पम्प निर्माणको काम अघि नबढाउन उच्च अदालतको आदेश
कास्कीको पोखरा महानगरपालिका-६ रत्नपुरीमा नेपाल प्रहरीले बनाउँदै गरेको पेट्रोल पम्प निर्माण अगाडि नबढाउन उच्च अदालत पोखराले मङ्गलबार अन्तरिम आदेश दिएको छ ।
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो ।
नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
रुप्से झरनाको अवलोकन गर्दै पर्यटक
कालिगण्डकी कोरिडोरमा पर्ने प्राकृतिक सुन्दरताले भरिपूर्ण रुप्से झरना अवलोकन गर्ने आन्तरिक पर्यटक बढेका छन् । यो सिजन मुस्ताङ भ्रमणका लागि अनुकूल समय हो ।
तरुण पुरस्कार गोरखापत्रकर्मी नहर्कीलाई प्रदान गरिने
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिने भएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२ औँ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई सम्मान गर्ने भएको हो ।
पाँच झोलुङ्गे पुल निर्माण
स्याङ्जामा एक वर्ष भित्रमा पाँच वटा झोलुङ्गे पुल बनाइएको छ । यहाँको भीरकोट नगरपालिकामा तीन वटा, गल्याङ्ग नगरपालिका र अर्जुन चौपारी गाउँपालिकामा एक–एक वटा निर्माण गरिएको हो ।
धारापानी-झिनडाँडा सडक स्तरोन्नति हुँदै
सदरमुकाम बेनीसँग धवलागिरि गाउँपालिकालाई जोड्ने बेनी-दरबाङ-ताकम-मुना सडक योजना अन्तर्गत धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको कामले गति लिएको छ ।
तनहुँ जलविद्युत आयोजनाको मुआब्जा वितरण कार्य अन्तिम चरणमा
हालसम्म करीव ९८ प्रतिशत प्रभावितलाई मुआब्जा वितरण गरि सकेको आयोजनाले जनाएको छ ।
खेतमै झर्न थाल्यो पाकेको धान
लगातार परेको वर्षाले स्याङ्जाका विभिन्न ठाउँमा किसानले लगाएको धान बिग्रेको छ । बेमौसममा लगातार पानी परिरहेकाले वर्षभरि दुःख गरेर फलाएको धान किसानले घर भित्र्याउन नपाउँदा तनाव भएको छ ।
ल्होमन्थाङ पुग्ने पर्यटकलाई सहज
माथिल्लो मुस्ताङको ल्होमन्थाङ पुग्ने पर्यटकका लागि यहाँ सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित
जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् ।
कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
भारत र चीन जोड्ने कालीगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गाबाट म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम खण्डको चारवटा खण्ड स्तरोन्नतिको काम सुस्ताएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको सडक स्तरोन्नतिको काम सात वर्षमा पनि पूरा नभएको हो ।
नवलपुरमा पोथी गैँडा मृत फेला
नवलपुरको मध्य विन्दु–१२ मा एउटा पोथी गैँडा मृत फेला परेको छ । अन्दाजी ३-४ वर्षको पोथी गैँडा अरुण खोला दोभानमा सोमबार मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।
सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ
मालिका गाउँपालिका–३ पात्लेमा तीन वर्षअघि सडक विस्तार भएको थियो । करिब एक सय २० परिवारको बसोबास रहेको पात्ले गाउँमा हालै केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएपछि गाउँ सुगम बन्दै गएको छ ।