तरुण पुरस्कार गोरखापत्रकर्मी नहर्कीलाई
नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट गोरखापत्रकर्मी अमरराज नहर्कीलाई सम्मान गरिएको छ।
उत्तरबाहिनीमा धार्मिक महोत्सव
स्याङ्जाको कालीगण्डकी उत्तरबाहिनीमा धार्मिक महोत्सव सुरु भएको छ । मातापिताप्रतिको सम्मान र सेवाभाव बढाउन तथा धार्मिक पर्यटनलाई प्रवर्धन गर्न महोत्सव गरिएको हो ।
महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्ती
महाकवि देवकोटाको १ सय १६ औँ जन्म जयन्तीका अवसरमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शनिबार दमौलीमा गरेको रचना वाचन कार्यक्रममा सहभागीहरूले देवकोटाको योगदानको चर्चा तथा समीक्षा गर्नुभएको हो ।
१०६ युनिट रगत सङ्कलन
रगतको अभाव भएको गुनासो आइरहँदा स्याङ्जाको भिरकोटमा १०६ युनिट रगत सङ्कलन भएको छ । नेपाल तरुण दलले ७२ औँ स्थापना दिवसको अवसरमा गरेको खुला रक्तदान कार्यक्रममा सो रगत सङ्कलन भएको हो ।
पर्यटनबाट समृद्धि सम्भव छ : महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पर्यटनबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ ।
छानबिनको दायरामा भएका सबैमाथि अनुसन्धान हुन्छ : सञ्चारमन्त्री गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समितिको प्रतिवेदनले दोषी देखाएका सबैमाथि सरकारले अनुसन्धान अघि बढाउने बताउनुभएको छ ।
ड्रोनबाट सामान ढुवानी
अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।
ध्यान गर्दै विद्यार्थी
कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा नदी किनारामा बसेर ध्यान गर्दै म्याग्दीको बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीहरू ।
गल्याङमा सुविधा सम्पन्न भवन
स्याङ्जाको गल्याङमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको भवनमा गल्याङ नगरपालिकाले १५ शय्याको नगर अस्पताल सञ्चलनमा गर्दैआएको छ ।
शेयर बजारमा लगानीबारे सचेतना प्रदान
विश्व लगानी सप्ताह–२०२४ को अवसर पारेर नेपाल धितोपत्र बोर्ड र जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरले लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् ।
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
धारिलो हतियार प्रहार गरी हत्या
नवलपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई धारिलो हतियारले पेटमा प्रहार गरी हत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।
जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौरा र चुड्कामा नाचेका हुन् ।
मुस्ताङको सौन्दर्य चित्रमा
कलाकारले मुस्ताङको प्रकृति, संस्कृति र मौलिकतालाई चित्रमा उतारेका छन् । अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सवमा सहभागी कलाकारले स्थलगत भ्रमण गरी देखेका दृष्यलाई चित्रमा उतारेका हुन् ।
ठेक्का तोड्ने सरकारको चेतावनी
चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा आलटाल गरिरहेपछि सरकार ठेक्का तोड्ने तयारीमा पुगेको छ ।
पुल नबन्दा स्थानीय चिन्तित
पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडी घाटको कालीगण्डकी नदीमा पुल निर्माण सुरु भएको ११ वर्ष भएको छ । तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् ।
सूर्यदर्शन सहकारीकाे रकम ठगी अभियोगमा खनाल पक्राउ
केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले सूर्यदर्शन बचत तथा ऋण सहकारीमा रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।
मुस्ताङमा अमेरिकी र भारतीय नागरिकको मृत्यु
मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ ।
'एक चिहान' मञ्चन
वि.स २०११ मा साहित्यकार हृदय चन्द्र सिंह प्रधानले लेख्नुभएको 'एक चिहान'को मञ्चनमा स्याङ्जा विद्यार्थीको आकर्षण बनेको छ ।
मुस्ताङको ठिनीमा पर्वतीय चित्रकला महोत्सव
मुस्ताङको घरपझोङ गाउँपालिका ५ को पर्यटकीय बस्ती ठिनीमा प्रथम अन्तर्राष्ट्रिय पर्वतीय चित्रकला महोत्सव भएको छ ।
रुख काट्न शहरी विकासले दियो अनुमति
नवलपुरको कावासोतीमा निर्माण हुने भनिएको नमुना सदरमुकामस्थलमा रहेका रुखहरु काट्ने बाटो सहज भएको छ । शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउन प्रक्रियागत रुपमा पत्र पठाएसँगै वन मन्त्रालयलाई निर्णय गर्न सहज भएको हो ।
मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।
माघको तेस्रो सातादेखि आहा गोल्डकप
२४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८१ माघको तेस्रो सातादेखि हुने भएको छ । मोफसलको चर्चित क्लब सहारा क्लब पोखराले आगामी माघ २२ देखि फागुन ३ सम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो।
चापाकोट र शुक्लागण्डकीलाई उपाधि
पुतलीबजार नगरपालिका –१२ पेल्काचौरमा आयोजित अन्तर वडा स्तरीय भलिबलमा पुरुषतर्फ चापाकोट र महिला तर्फ शुक्लागण्डकीले जितेका छन्।