ढोरपाटनको ‘भ्यू प्वाइन्ट’ जलजला
घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।
कालीगण्डकी डाइभर्सनविरुद्ध परेको रिट खारेज
बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । रिट खारेज भएसँगै यसका सरोकारवाला छलफलमा जुटेका छन् ।
नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।
पाल्पामा सयपत्री फूलको माग उच्च
ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।
पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
एउटै नदीमा पाँच जलविद्युत् आयोजना
जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।
वागलुङका मह बाजेको कमाई १२ लाख
जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ ।
व्यावसायिक फूल खेतीमा जुट्दै युवा
नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरू जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रूपमा खेती गर्न युवा लागि परेका हुन् ।
सिद्धार्थ राजमार्ग मर्मत हुँदै
सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तिको प्रयोग गरेर सिद्धार्थ राजमार्ग मर्मत गरेको छ । स्याङ्जाको फेदिखोला–१ कुभिण्डेदेखि भीरकोट–१ बयघारी सम्म मर्मत गर्ने लक्ष्य अनुरूप यहाँको ३३ किमी भित्रको सडक मर्मत गरेको हो ।
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनको तयारी
चीनसँग सीमाना जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाभित्र पर्ने कोरला नाकाको दशगजा नजिक अध्यागमन कार्यालय स्थापना गरी संचालनको तयारी गरिएको हो ।
दुई हजारभन्दा बढीको निःशुल्क आँखा परीक्षण
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा दुई हजार ६२ जनाले सेवा लिएका छन् ।
उपनिर्वाचन एक्लै लड्छौँः अध्यक्ष नेपाल
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह–उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले एक्लै प्रतिस्पर्धा गर्ने भएको छ ।
‘तिलिचो पुग्दा चाडपर्व बिर्सन्छन् पर्यटक’
शरद् ऋतुमा चक्रीय अन्नपूर्ण क्षेत्र पर्यटकका लागि घुमफिर गर्ने उत्तम समय हो । दसैँ सकिएको र तिहार आउनै लागेको बेला धेरैको रोजाइमा उत्कृष्ट गन्तव्यका रूपमा मनाङलाई लिने गरेको छ ।
पालिकाहरूलाई एकीकृत स्वमूल्याङ्कन बुझाउँदै मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षदेखि पालिकाहरूमा एकीकृत रूपमा स्वमूल्याङ्कन गर्ने तयारी गरेको छ ।
धानले पहेँलपुर फाँट
यतिखेर म्याग्दीका फाँटहरु धानबालीले पहेँलपुर भएका छन् । दसैँ लगत्तै कतिपय ठाउँहरूमा किसानले धान काट्न सुरु गरेका छन् भने कतिपय ठाउँमा अझै धान पाक्दै छ ।
२३ करोडमा बनेको सभागृह प्रयोगविहीन
तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला सभागृह उद्घाटन गरिएको एक वर्ष पुरा भए पनि प्रयोगमा आएको छैन ।
जिल्ला कारागार गोरखामा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागार गोरखामा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारको क्षमता २० जना महिला र ३५ जना पुरुषको भएता पनि हाल नाबालकसहित १२८ जना कैदीबन्दी रहेको जिल्ला कारगार गोरखाका निर्मित प्रमुख रिमबहादुर बिकले जानकारी दिनुभयो ।
घोडा चढेर मुक्तिनाथ पुग्दै पर्यटक
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ पुगेपछि पर्यटकलाई घोडा चढ्ने रहर हुन्छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा पर्ने रानीपौवादेखि मुक्तिनाथ मन्दिर पुग्न करिब २० मिनेट जति हिँड्नुपर्छ ।
नारायणघाट–बुटबल सडक खण्डमा सीसी क्यामेरा जडान गरिने
नारायणघाट–बुटबल सडक खण्डमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिने भएको छ । सीसी क्यामेरा नहुँदा दुर्घटनाका कारण पत्ता लगाउन र दुर्घटनापछि फरार हुनेहरुको खोजी गरी अनुसन्धान गर्न सजिलो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले अत्याधुनिक क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
उपभोक्ताका अधिकार कार्यान्वयनमा जोड
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका उपभोक्ताका अधिकारलाई राज्यले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
दमौली बजारमा सडक विस्तारले गति लिँदै
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।
मुस्ताङको घरपझोङमा बनाइएको काठे पुल
मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ ।
स्वदेशी फूल प्रयोग गर्न आग्रह
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका पालिकाले स्थानीय रुपमा उत्पादन भएको फूल र फूलको माला प्रयोग गर्न प्रोत्साहन गरेकाछन् । आफ्नै माटोमा उत्पादन भएको पुष्पखेतीलाई प्रोत्साहन गर्दै नवलपुरका स्थानीय तहले उपभोक्तालाई समेत स्वदेशकै स्थानीय फूलमाला प्रयोग गर्न अनुरोध गरेका हुन् ।
उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ।