• १२ कात्तिक २०८१, सोमबार

दुई हजारभन्दा बढीको निःशुल्क आँखा परीक्षण

blog

आँखा परीक्षण गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक १२ गते । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा दुई हजार ६२ जनाले सेवा लिएका छन् । वडा तहमै पुगेर गरिएको शिविरमा बालबालिकादेखि वृद्धवृद्धासम्मको आँखा परीक्षण गरिएको थियो । कालीगण्डकी गाउँपालिकाले बि.एम.फाउण्डेशनसँग मिलेर नागरिकको आँखा परीक्षण गरेको हो । 

वडा नं. १ मा भएको शिविरमा ३०० जनाले आँखा परीक्षण गराएका छन् । यस्तै वडा नं.२ मा ३५१,वडा नं.३ मा भएको शिविरमा २५२ जनाले वडा नं.४ मा ३१० जना, वडा नं.५ का ३२९, ६ मा २६६ जना र वडा नं.७ मा २५४ जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरबाट सात १३ जना पुरुष र एक हजार तीन सय ४९ जना महिलाको आँखा परीक्षण गरिएको छ । 

परीक्षणका क्रममा आँखामा गम्भिर समस्या देखिएका बिरामीलाई बाहिर गएर परीक्षण गर्ने व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो । स्वास्थ्य, शिक्षा जस्ता आधारभूत क्षेत्रमा पालिकाले विशेष योजना बनाएर काम गरिरहेको उहाँले बताउनुभयो । 

पालिकाका सबै नागरिकको स्वास्थ्य बिमा निःशुल्क गरिएको भन्दै अध्यक्ष थापाले समय–समयमा वडा तथा गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरिँदै आएको जानकारी दिनुभयो ।