गुल्मीका भलामीलाई रहरले तान्यो च्याउखेतीमा
गुल्मी तम्घासकी कमला भलामीको दिनचर्या बिहान सुरु हुन्छ । उठेदेखि उहाँ च्याउ खेतीमा लाग्नुहुन्छ । उहाँका दिनचर्या यसरी नै बितिरहेको छ । उहाँले रेसुंगा नगरपालिका–८ खानीगाउँमा च्याउ खेती गर्दै आउनुभएको छ । भलामी फर्मको स्थापना गरी उहाँले व्यवसायिक रुपमा च्याउ खेती गर्दै आउनुभएको हो ।
गुल्मीको खोला किनारमा बेवारिसे शव फेला
गुल्मीको बढीगाड खोला किनारमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ४ साहाघाटस्थित बढीगाड खोलामा सडेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग अलपत्र
सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडक खण्ड पाँच वर्षदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म पनि २० किलोमिटर सडकले पूर्णता पाएको छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडक निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेश सरकारले पाँच वर्षअघिदेखि नै बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । हरेक वर्ष यो सडकका लागि बजेट विनियोजन हुँदै आएको छ । यद्यपि काम भने कछुवा गतिमा हुँदा सडक पाँच वर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।
जङ्गली च्याउ खाँदा छ जना विरामी, पाँचको अवस्था गम्भीर
बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित
लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो ।
कृषिका विद्यार्थीले मनाए धान दिवस
बुधबार बिहान ७ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२मा रहेको मेट्रो कलेजमा कृषि विषय पढ्ने विद्यार्थीहरु हिलाम्य खेतमा देखिए ।
पार्टीको आन्तरिक विषय अध्ययन गर्न पाँच सदस्यीय कार्यदल
नेकपा (एमाले) गुल्मीले पार्टीभित्र अराजक तत्वहरुको अध्ययन गर्न ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र आन्तरिक असमझदारी, असन्तुष्टि, असहयोग मुख्य कारण रहेको भन्दै पार्टीले अध्ययन कार्यदल गठन गरेको जनाएको छ ।
बाँकेमा असार १५ सम्म पाँच प्रतिशत मात्र रोपाइँ
बाँके जिल्लामा यस वर्ष वर्षा ढिलो हुँदा १५ असार अर्थात धान दिवसका दिन बुधवारसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ । सो कार्यालयका प्रमुख सागर ढकालकाअनुसार गत वर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाई सकिएकोमा यस वर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो ।
राज्यमन्त्री वलीले दिनुभयो पदबाट राजीनामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदवाट राजिनामा दिनुभएको छ । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाउनु भएको लुम्विनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताउनुभयो ।