बिक्री हुन छाडेपछि भैसीलाई खुवाउँदै भिण्डी
कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि भैँसीलाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नपाएपछि कृषकले बजारमा बिक्री गर्नुको साटो पशु चौपायालाई खुवाउन सुरु गरेका हुन् ।
बसको ठक्करबाट एक युवकको मृत्यु
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । गोरुसिङ्गे बनगाई सडक खण्डअन्तर्गत खारखानी वन क्षेत्रमा बुधवार बिहान भएको दुर्घटनामा कपिलवस्तु नगरपालिका ९ जगदीशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा मृत अवस्थामा भेटिए
सिराज खान नेपालगञ्ज, जेठ ११ गते । बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधवार बिहान शौचालयमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर हिरासतको शाैचालयमा झुण्डिएर मृत अवस्थामा बुधवार बिहान फेला परेका हुन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले हिरासत कक्षबाट बिहानै शौचालय गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्यु भएको अवस्थामा भेटिएको बताउनुभयो । डीएसपी मल्लका अनुसार मृतक कुँवरलाई प्रहरीले गत वैशाख १९ गते ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको जबरजस्ती करणी उद्योगको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।प्रहरीले स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको मल्लले जानकारी दिनुभयो । एक हप्ता अघि पनि नरैनापुर गाउँपालिकाको इलाका प्रहरी कार्यालय भगवानपुरमा पनि प्रहरी नियन्त्रणमा रहेका जबरजस्ती करणीको अभियोग लागेका ३५ वर्षीय रामपाल यादवको प्रहरी हिरासतमै उपचारको क्रममा मृत्यु भएको थियो ।यादवको मृत्यु सहज नभई यातनाबाट भएको भन्दै उहाँका आफन्त र परिवारले आन्दोलन गरेका थिए । पछिल्लो समयमा आएर देशका विभिन्न ठाउँमा प्रहरी हिरासतमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
रुकुम पूर्वका सबै पालिकामा कार्यपालिकाले पूर्णता पायो
तीन वटा गाउँपालिका रहेको रुकुम पूर्वमा सबै गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाएको छ । जिल्लाको सिस्ने गाउँपालिकामा १६, भूमे गाउँपालिकामा १७ र पुथा उत्तरगंगा गाउँपालिकामा २२ सदस्यीय कार्यपालिका बनेको हो ।
तिलोत्तमाको प्रमुखमा कांग्रेसका खांणको निरन्तर अग्रता, उपप्रमुखमा एमालेकी चौधरी पक्का
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता कायम राख्नुभएको छ । अब करिब १३ हजार मत गन्न बाँकी छ । अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि हुनुहुन्छ । खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याउनुभएको छ ।उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३, १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसक्नुभएको छ ।२०७४ को चुनावमा तिलोत्तमामा एमालेले प्रमुख–उपप्रमुखसहित १४ वडा जितेको थियो ।
तुलसीपुरको मतगणना अन्तिम चरणमा
दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको छ । अब तीन हजार १७० मत गन्न बाँकी छ । अहिलेसम्मको मत परिणामअनुसार नगरप्रमुखमा नेकपा (एमाले)का टीकाराम खड्का तीन हजार ३६६ मतले अघि हुनुहुन्छ ।
भेरी अस्पताल पुनः उत्कृष्ट
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।
लालपुर्जाविहीन चाँचला बस्ती
घोराही उपमहा नगरपालिका–११, चाँचलामा बसोबास गर्दै आएका कुनै पनि नागरिकसँग लालपुर्जा छैन । कुनै समय चाँचला आँैलो रोगबाट बच्नका लागि दाङवासीको सुरक्षित क्षेत्र मानिन्थ्यो । त्यहाँ कुनै समय ७०÷८० घरधुरीको बसोबास थियो । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यान जिल्लामा पथ्र्यो ।
एक्लो महिला वडाध्यक्ष चिदी
पाल्पा जिल्लामा ८१ वडा रहेकामा एक महिला मात्रै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । तिनाउ–५ को वडाध्यक्षमा नेकपा (एमाले)बाट इन्द्राकुमारी चिदी मात्रै निर्वाचित हुनुभएको हो । उहाँले माओवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार गणेश रास्कोटीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यो वडामा अन्य चार सदस्य भने माओवादीबाट निर्वाचित भएका छन् ।