• ४ जेठ २०८१, शुक्रबार

लालपुर्जाविहीन चाँचला बस्ती

blog

गोकर्ण पौडेल

तुलसीपुर, जेठ ११ गते ।   घोराही उपमहानगरपालिका–११, चाँचलामा बसोबास गर्दै आएका कुनै पनि नागरिकसँग लालपुर्जा छैन । कुनै समय चाँचला औँलो रोगबाट बच्नका लागि दाङवासीको सुरक्षित क्षेत्र मानिन्थ्यो । त्यहाँ कुनै समय ७०/८० घरधुरीको बसोबास थियो । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यान जिल्लामा पथ्र्यो ।

२०२८ सालमा भएको नापनक्साका क्रममा त्यो भूभाग रोल्पाको भन्दै छुट्याइएको थियो । रोल्पाले दाङको भूगोल भन्दै छुट्यायो । सबैबाट छुट्याइएको चाँचला अनि  चाँचलावासीहरू लालपुर्जाविहीन बन्न पुगे । २०७७ साल चैत महिनामै लुम्बिनी प्रदेश सरकार, घोराही उपमहानगरपालिकाको सहयोगमा नापी नक्सा कार्यालय घोराहीले त्यस क्षेत्रको जग्गाको लगत लिने काम सुरु गरेको छ ।

 उक्त नाप नक्साङ्कनअनुसार त्यहाँका बासिन्दाले छ बिघासम्म जग्गाको लालपुर्जासमेत पाउनेछन् ।  करिब ३५ घरधुरीले जग्गा उपभोग गर्दै आएका छन् । घोराही– ११ का  वडाध्यक्ष कुलबहादुर लामिछानेले नाप नक्साङ्कनको काम सकिएकाले अब जग्गा छुट्याइने बताउनुभयो । १० घरधुरीले उपयोग गर्दै आएको जग्गामा केही वन क्षेत्र परेकाले डिभिजन वन 

कार्यालयको प्राविधिक टोलीले समेत सहयोग गरिरहेको उहाँले बताउनुभयो । 

उहाँले सम्पूर्ण काम सकिएपछि पालिकाबाट स्थानीयवासीलाई निस्सा वितरण गरिने बताउनुभयो । स्थानीय गनबहादुर घर्तीले वर्षौंपछि लालपुर्जा पाउने प्रक्रिया सुरु हुँदा खुसी लागेको बताउनुभयो ।