• ४ जेठ २०८१, शुक्रबार

एक्लो महिला वडाध्यक्ष चिदी

blog

तानसेन समाचारदाता

पाल्पा, जेठ ११ गते  ।  पाल्पा जिल्लामा ८१ वडा रहेकामा एक महिला मात्रै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । तिनाउ–५ को वडाध्यक्षमा नेकपा (एमाले)बाट इन्द्राकुमारी चिदी मात्रै निर्वाचित हुनुभएको हो । उहाँले माओवादीका तर्फबाट वडाध्यक्षका उम्मेदवार गणेश रास्कोटीलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । यो वडामा अन्य चार सदस्य भने माओवादीबाट निर्वाचित भएका छन् । 

यसअघि जिल्ला समन्वय समितिको सदस्यमा निर्वाचित हुनुभएकी चिदी यस पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । बगनासकाली र रैनादेवी छहरामा पनि दुई महिलाले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । कांग्रेसले जिल्लाभर कुनै पनि स्थानमा महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको थिएन । नेकपा (एमाले)ले भने तिनाउ–५ मा वडाध्यक्षको उम्मेदवार महिलालाई बनाएको थियो । 

नेकपा (माओवादी केन्द्र)ले कुनै पनि वडामा महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएको थिएन । बगनासकाली–२, पोखराथोकमा राप्रपाबाट पिम्मला बस्याल र रैनादेवी छहरा–४ मा मङ्गोल नेसनल पार्टीबाट खगीसरा दर्लामीले वडाध्यक्षमा उम्मेदवारी दिनुभए पनि पराजित हुनुभएको थियो ।