• ४ जेठ २०८१, शुक्रबार

तिलोत्तमाको प्रमुखमा कांग्रेसका खांणको निरन्तर अग्रता, उपप्रमुखमा एमालेकी चौधरी पक्का

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खांणले अग्रता कायम राख्नुभएको छ । अब करिब १३ हजार मत गन्न बाँकी छ ।  अहिले वडा नं ६, ७, १० र ११ को मतगणना जारी छ । 

गणना भएको ५० हजार ९९८ मतको परिणाम सार्वजनिक हुँदा खाँण ९८५ मतान्तरले अगाडि हुनुहुन्छ । खाँणले १९ हजार ४७२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले १८ हजार ४८७ मतका साथ पछ्याउनुभएको छ ।

उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरी चौधरीको जित पक्का भइसकेको छ । चौधरी माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।

१७ वडामध्ये तिलोत्तमा नगरपालिकामा वडा नं १, २, ३, ४, ५, १२, १३, १५, १६ र १७ नं वडाको अन्तिम परिणाम आइसकेको छ । यीमध्ये वडा नं १, ४, १२ र १५ मा नेकपा एमाले र बाँकी सबैमा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भैसक्नुभएको छ ।

२०७४ को चुनावमा तिलोत्तमामा एमालेले प्रमुख–उपप्रमुखसहित १४ वडा जितेको थियो ।