फलाम देखाएर गहना लुट्ने दुई जना पक्राउ
रुपन्देहीको सैनामैनामा एक महिलालाई फलाम दिएर हातमा लगाएका सुनका गहना लिएर फरार भएका दुई जना पक्राउ परेका छन्।
रुपन्देहीमा जिसस गठनको तयारी सुरु, बहुमत नपुग्ने भएपछि गठबन्धन आवश्यक
कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ १० गते । रुपन्देही जिल्लाको १६ पालिका मध्ये १५ पालिकाको नतिजा आइसकेको र एकको बाँकी रहँदा कुनै पनि पार्टीको जिसस गठनमा बहुमत देखिएपछि पार्टीहरुको आन्तरिक गृहकार्यमा जुटेका छन् । तिलोत्तमाको मतपरिणाम आउन बाँकी छ । यस नतिजाले पनि बहुमत पुग्ने देखिँदैन । पालिका प्रमुख र उपप्रमुखहरूको कुल संख्याको बहुमत रहेको पार्टीले जिसस गठन गर्छ । सबै परिणामबाट पनि कसैको बहुमते नपुग्ने भएकाले गठबन्धन गर्नुपर्ने देखिन्छ । जिसस गठनजिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था गरिएको छ ।जिल्लाका पालिकाहरूबीच समन्वय गर्न जिसस गठन गरिन्छ । पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्लासभा गठन हुन्छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिन भित्र सभा बस्नुपर्छ । उक्त सभाले जिसस गठन गर्छ । जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यकसहित बढीमा नौ सदस्य रहने व्यवस्था छ । यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनु पर्नेछ । रुपन्देहीमा यस्तो छ अवस्था कुल मतभार ३२ (१६ पालिका) रहेको यस जिल्लामा नेपाली काँग्रेस– ९ प्रमुख, ४ उपप्रमुख, नेकपा एमाले– ३ प्रमुख, ७ उपप्रमुख, लोसपा– १ प्रमुख, २ उपप्रमुख, जनता प्रगतिशील पार्टी– १ प्रमुख, १ उपप्रमुख, जसपा– १ प्रमुख र राप्रपा– १ उपप्रमुख रहेका छन् ।
कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ १० गते । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ । कोटहीमाई गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै पद लोकतान्त्रिक समाजवादी पार्टीले जितेको हो । पालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीका बालकृष्ण त्रिपाठी र उपाध्यक्षमा पनि सोही पार्टीकी सुशिलाकुमारी यादव विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित त्रिपाठीले ४ हजार ६३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाल जनता पार्टीका अशोककुमार जयसवालले ४ हजार २३९ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपाध्यक्षमा निर्वाचित यादवले ४ हजार ७३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी उम्मेदवार गुजराती यादवले ३ हजार ४४२ मत प्राप्त गर्नुभएको छ । ७ वटा वडा रहेको कोटहीमाई गाउँपालिकामा वडा नं. १ को अध्यक्षमा लोसपाका राजेश तेली, वडा नं. २ मा जसपाका अमरनाथ यादव, वडा नं. ३ मा नेपाल जनता पार्टीका विष्णुप्रसाद पाण्डे, वडा नं. ४ मा लोसपाका वेचुराम गडेरिया, वडा नं. ५ मा लोसपाका सञ्जयकुमार सैनी, वडा नं. ६ मा जसपाका विनोद यादव र वडा नं. ७ को अध्यक्षमा नेपाली काँग्रेसका पवनकुमार यादव विजयी हुनुभएको छ ।
बाँकेमा जोगाउन सकेन एमालेले विरासत
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । विसं २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ । उस्तै हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन ।
पाल्पामा बदर मतपत्रको सङ्ख्या बढ्यो
पाल्पामा विगतको तुलनामा यस पटकको स्थानीय तहको निर्वाचनमा अत्याधिक मतपत्र बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा यस पटकको निर्वाचनमा २०७४ सालको निर्वाचनमा भन्दा बदर मतपत्रको प्रतिशत बढेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
‘जनसहभागितामूूलक विकासमा जोड दिनेछु’
बाँकेको खजुरा गाउँपालिका नवनिर्वाचित अध्यक्ष नेकपा माओवादी केन्द्रका डम्बर विकले जनसहभागितामूलक विकासलाई मुख्य रूपमा जोड दिने बताउनुभएको छ । जनचाहना र जनसहभागितामा हरेक विकास निर्माणदेखि सामाजिक विकासका सवालमा गम्भीर भएर काम गर्दा परिणाम राम्रो आउने भन्दै उहाँले यस्तो कुरामा जोड दिनुभएको हो । उहाँले प्रमुख रूपमा शिक्षा, स्वास्थ्य, स्वरोजगार, खेलकुद, नेतृत्व विकास तथा समान अवसरका सवालमा सबैलाई समेटेर काम गर्ने चाहना व्यक्त गर्नुभएको छ ।
कालीगण्डकी गाउँपालिकाले १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने
जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभएका बेदबहादुर थापाले पदभार ग्रहण गर्दै पालिका भित्रका १५ हजार नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखद्वारा पदभार ग्रहण
बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
रम्भा गाउँपालिकामा एमाले विजयी
रम्भा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी र उपाध्यक्षका उम्मेदवार राधाकुमारी श्रेष्ठ निर्वाचित हुनुभएको हो ।