• १० मंसिर २०८१, सोमबार

जङ्गली च्याउ खाँदा छ जना विरामी, पाँचको अवस्था गम्भीर

blog

रुपन्देही, असार १६ गते । बुधबार साँझ बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । ती पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जङ्गलबाट च्याउ ल्याएर खाएका २८ वर्षीया रिना बिक, २८ वर्षीया कमला बिक, ८ वर्षकी सुप्रिया बिक, ३८ वर्षीय विष्णु बिक र ३३ वर्षीया दुर्गा विकको अवस्था गम्भीर रहेको उस्पताललाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनु भयो । उनीहरु अस्पतालमा ल्याउँदा अचेत अवस्थामा थिए । त्यस्तै ५० वर्षीय हुमबहादुर बिकको अवस्था सामान्य छ ।

यो घटना बुधबार साँझ करिव साढे ५ बजेको हो । जंगली च्याउ खाएर बिरामी परेका उनीहरुलाई राती पौने ९ बजेको समयमा आफन्तले अस्पताल पुर्याएका थिए ।

Author

कबिन्द्र नेपाल