पुरानो अस्पतालमा बेथिति
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ ।
विकाससँगै वन विनाश
जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन फँडानी गर्ने क्रम बढेको हो ।
चार वर्षमा सङ्घीयता कार्यान्वयनमा समस्या देखियो – राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको महसुस गर्ने गरी काम हुन नसक्दा संघीयताप्रति जनताले प्रश्न उठाउनु स्वभाविक भएको बताउनुभएको छ ।
बेलहिया नाकाको निरीक्षण
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानसहित सुरक्षा प्रमुखहरुले बेलहिया नाकालाई व्यवस्थित गर्न र कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नाकाको निरीक्षण गरेका छन् ।
कुखुराको अवैध आयातका कारण स्थानीय व्यवसाय सङ्कटमा
बाँकेका कुखुरा व्यवसायीले भारतबाट भइरहेको कुखुरा र चल्लाको अवैध आयात रोक्न बाँकेका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । भारतबाट अवैधरुपमा कुखुराको आयात निरन्तर जारी रहेकाले नेपाली किसानका कुखुरा विक्री हुन छाडेको गुनासो गर्दै कुखुरापालक व्यवसायीले जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई अवैध आयात रोक्न गुहारेका हुन् ।
वर्षदिन पनि टिकेन सडक
रुपन्देहीको गैडहवा गाउँपालिकाको २५ लाख रुपियाँ लगानीमा निर्माण भएको पाँच सय मिटर सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक भत्किएपछि स्थानीयले निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको र प्राविधिक लापरबाही भएको भन्दै पुनः निर्माणको माग गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्राचीन तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारको प्रमुख स्थलमा अवस्थित प्रख्यात तौलेश्वर नाथ अर्थात ताम्रेश्वर महादेवको मन्दिर। यस मन्दिरलाई तौलेश्वर बाबाको मन्दिर पनि भनिने गरिन्छ। यो मन्दिरको यस जिल्लाकै प्राचिन मन्दिर हो।
लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आव २०७८/७९ मा भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा ९ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले सो कार्यालयलाई यस आर्थिक वर्षका लागि एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार रुपियाँको लक्ष्य दिएकामा एक खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २५ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ९० दशमलव ९४ प्रतिशत मात्रै हो । गत आर्थिक वर्ष लक्ष्य नभेटे पनि चालू आर्थिक वर्षका लागि भन्सार विभागले सो कार्यालयलाई एक खर्ब ५५ अर्ब रुपियाँको लक्ष्य दिएको छ ।