पाल्पामा ट्राफिक नियम उल्लङ्घनकर्ता कारवाहीमा
पाल्पामा एकै महिनामा ट्राफिक नियम उल्लङ्घन गरेका एक हजार नौ सय बढी सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने, दुर्घटना गर्ने गरी सवारी साधन हाकेका, ओभरलोड बोक्ने, स्वरुप बिगारेर चलाउने सवारीसाधन गरी झण्डै दुई हजार सवारीसाधन कारवाहीमा परेका हुन् ।
एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता
पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो ।
तम्घासमा तीन करोडमा पुस्तकालय निर्माण
तम्घास, असार १२ गते । तम्घासमा सुबिधा सम्पन्न पुस्तकालय भवनको उद्घाटन भएको छ । शनिवार नवनिर्मित किरण पुस्तकालयको भवन उद्घाटन भएकाे छ । पुस्तकालयलाई थप ब्यबस्थित बनाउनका लागि थप बजेटको ब्यबस्थान गर्न आफूले पहल गर्ने भन्दै पुस्तकालयलाई आधुनिक बनाउदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । बर्तमान समयमा पुस्तकालयलाई ब्यबस्थित बनाउँदै लगेमा सूचना तथा सञ्चारको भूमिका समेत पुस्तकालयले निर्वाह गर्ने उहाँको भनाई छ । कार्यक्रममा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्र रहेको पुस्तकालयलाई ब्यबस्थित र प्रभावकारी बनाउनका लागि नगर सधै साथमा रहेको बताउनुभयो । उहाँले नगरको नीति तथा कार्यक्रममा समेत समाबेस गरी अगाडि बढेकाले कुनै कमि हुन नदिने उद्घोष गर्नुभयो ।राष्ट्रिय पुन निर्माण प्राधिकरणको भ्याट वाहेक दुई करोड ९१ लाख ५२ हजार १७३ रुपियाँको लागतमा चार तले सुबिधा सम्पन्न भवन निर्माण भएको हो । २०५५ सालमा स्थापना भएको किरण पुस्तकालयले विगत लामो समयदेखि पाक्षिक रुपमा हाम्रो पुरुषार्थ नामक पुस्तक प्रकाशनमा ल्याउँदै आएको किरण पुस्तकालयका अध्यक्ष शशि पन्थीले जानकारी दिनुभयो ।
बढ्यो चिनीको तस्करी
भारतले चिनी निर्यातमा रोक लगाएसँगै दैनिक रूपमा अवैध चिनी नेपालगञ्जमा भित्रिने गरेको पाइएको छ । राजस्व छली गरी नेपाल–भारत सीमा नाकाबाट चिनी तस्करी अत्यधिक बढेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रूपमा भित्रिँदै गरेको ठूलो मात्राको चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ ।
कपिलवस्तुको बनकट्टीमा बस दुर्घटना, आठ जना घाइते
कपिलबस्तुको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिकाको वनकट्टीमा शनिबार बिहान बस दुर्घटनामा परेको छ । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ८ ख १३६ नम्बरको बस दुर्घटना हुँदा आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ४३ जना सवार सो बस दुर्घटना भई सडक छेउमा पल्टिएको छ ।
बाँकेको ढकेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरी स्थित पूर्वपश्चिम राजमार्गको झिझिरी खोला मोडमा शनिबार विहान दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
बाँकेमा ५४ हजार बालबालिकाले कोभिड खोप लगाए
५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सुरु गरिएको कोभिड विरुद्धको खोप अभियानमा प्रभावकारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बजेटमा स्थानीय आवश्यकतालाई प्राथमिकता
लुम्बिनी प्रदेशअन्तर्गत विभिन्न पालिकाले स्थानीय स्तरको आवश्यकता र महìवलाई प्राथमिकतामा राखी आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । यहाँका अधिकांश पालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेका छन् । स्थानीय तह निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता तथा निर्णयहरू कार्यान्वयनका लागि पालिकाहरूले बजेट विनियोजन गरेका छन् ।
तानसेन नगरपालिकाको बजेट १ अर्ब ३९ करोड
तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब ३९ करोड १८ लाख ९३ हजार ५४ रुपियाँको बजेट विनियोजन गरेको छ । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो ।