• २८ वैशाख २०८१, शुक्रबार

तानसेन नगरपालिकाको बजेट १ अर्ब ३९ करोड

blog

बिन्दु थापा 

तानसेन, असार १० गते । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि १ अर्ब  ३९ करोड १८ लाख ९३ हजार ५४ रुपियाँको बजेट विनियोजन गरेको छ । एघारौं नगरसभाको अधिवेशनमा उपप्रमुख प्रतिक्षा सिंजालीले चालु खर्चतर्फ ७५ करोड ९३ लाख ७५ हजार ९ सय बयालिस र पूँजिगततर्फ ६३ करोड २५ लाख १७ हजार १ सय १२ विनियोजन गरेको बताउनुभयो । 

अघिल्लो आर्थिक वर्षको १४ करोड ७३ लाख घाटा बजेटलाई समायोजन गरी बजेट विनियोजन गरिएको हो । अघिल्लो आर्थिक बर्ष १ अर्ब ४१ करोड बजेट विनियोजन भएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा घाटासहितको बजेट समायोजन गर्दा १ करोड ८२  लाख कम हो । अघिल्लो आर्थिक वर्ष २०७८–७९ का लागि १ अर्ब ४१ करोड रुपियाँको बजेट विनियोजन गरिएको थियो । 

नगरसभाले तानसेनमा लामो समयदेखिको सवारी पार्किङ व्यवस्थीत गर्न बसपार्क निर्माण गर्ने कामलाई पूरा गर्ने बताइएको छ । जसका लागि ८ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै, श्रीनगर, रानीमहल सौन्दर्यकरणका लागि ४० लाख बजेट बिनियोजन गरेको छ । टँुडिखेल श्रीनगर, लिपिन्देवी मन्दिरदेखि जंगीअड्का रिसोर्ट काभ्रे जिपलाईन  सम्भाव्यता अध्ययन गरिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन लगायतका शीर्षकमा बजेट विनियोजन गरिएको छ । 

प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवद्र्धन कार्यक्रम ल्याइने उपप्रमुख सिजालीले बताउनुभयो । कृषि तथा पर्यटन प्रवद्र्धन, नगरपालिकाको भाषा कला संस्कृति एव प्राज्ञिक क्षेत्रको प्रवद्र्धन विकासका लागि स्थापित पशु बधशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई संरक्षण अनुदान दिने बजेटमा महिला उद्यमशीलता एव आर्यआर्जन, सीप विकास, दलित समुदायको उत्थान कार्यक्रमका लागि पनि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । बालबालिकालाई  हिंसाबाट जोगाउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

त्यस्तै, जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुका लागि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिने र अपाङगता भएका नागरिकलाई मासिक पाँचसय भत्ता दिने नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो ।