लुम्बिनी प्रदेशमा रगत निःशुल्क
लुम्बिनी प्रदेश सरकारले साउन १ गते आइतबारदेखि सरकारी अस्पतालबाट सेवा लिने बिरामीका लागि रगतसम्बन्धी सबै सेवा शुल्क निःशुल्क उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले नयाँ आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशका कुनै पनि सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउने उल्लेख गरेको थियो ।
पाहुना चराका लागि नमुना जगदीशपुर ताल : मुख्यमन्त्री केसी
नारद कोहारतौलिहवा, असार ३२ गते। चरा पाहुनका कारण नेपालकै नमुना जगदीशपुर ताल रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ। जगदीशपुर ताललाई वार्ड स्याङचुरी (पंक्षी आरक्ष) घोषणा कार्यक्रममा सो कुरा बताउनुभएको हो। जगदीशपुर ताललाई गौरवको योजना बनाउनका निम्ति न्यूनतम चरण पनि पूरा गर्नुपर्ने उहाँले बताउनुभयो। यसलाई व्यवस्थित बनाउन प्राकृतिक स्रोत साधनको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री केसीले बताउनुभयो। जगदीशपुर तालमा संसारका पहुना चरा आउने भएकोले यसको पृथक् पहिचान रहेको उहाँले बताउनुभयो। ताल संरक्षणका लागि कानुन विपरीत बनाइएका संरचनालाई नियमन गर्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाले बताउनुभयो। यस क्षेत्रको विकासका लागि आम नागरिकको जीवस्तर उकास्न प्रदेश सरकार लागि परेको उहाँले बताउनुभयो। ताल क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना मापदण्ड विपरीत रहेको उहाँले बताउनुभयो। कृषकलाई अत्मनिर्भर बनाउनका लागि सिंचाइमा परिवर्तन ल्याउनुपर्ने उहाँले बताउनुभयो।
तम्घासलाई स्वच्छ र सफा बनाउने अभियान
गुल्मी, असार ३२ गते । शनिबार बिहान करिब साढे सात बज्दै थियो । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको सक्रियतामा जिल्लाका विशिष्ट व्यक्तित्व हातमा कुचो लिएर सदरमुकाम तम्घासमा सरसफाइमा व्यस्त हुनुहुन्थ्यो। तम्घास बजारको मुख्य ठाउँ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय, चिदिचौर र प्रहरी कार्यालय अगाडि हुँदै जिल्ला अस्पताल तम्घाससम्मको सरफाइ गरिएको हो । सरसफाइ अभियानमा जिल्ला समन्व्य समितिका प्रमुख द्रोणबहादुर खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरु समेत सक्रिय रुपमा सहभागी बन्नुभएको थियो।
गर्मीले बाँकेको जनजीवन प्रभावित
केही दिन पानी नपर्दा अत्यधिक गर्मीले बाँकेसहित पश्चिमका तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ।
घरदैलोमै सेवा प्रवाह गर्न घुम्ती शिविर
धुर्कोट गाउँपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सेवा प्रवाह गर्नका लागि घुम्ती शिविर गरेको छ । गाउँपालिकाले वडा ३ मा सञ्चालन गरेको शिविरबाट १६४ जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको थियो ।
प्रदेश विश्वविद्यालय खजुरामा
बाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि कार्यालय भवनको खोजी हुन थालेको छ । खजुरा गाउँपालिका–८ मा विश्वविद्यालय निर्माणका लागि जग्गासमेत छुट्याइएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले विश्वविद्यालय सञ्चालनका लागि तत्काल पुरानो भवनमा केन्द्रीय कार्यालय राखेर काम अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
सडक बालबालिका व्यवस्थापनमा कार्यदल गठन
गुल्मीमा सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा समन्वय प्रमुख द्रोणबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले सडक बालबालिकाहरुको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
उपभोक्तालाई सहुलियतमा खानेपानी
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ ।
पानीको गुणस्तर परीक्षण गर्न नमुना सङ्कलन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ ।