• ७ जेठ २०८१, सोमबार

तम्घासलाई स्वच्छ र सफा बनाउने अभियान

blog

तम्घासलाई स्वच्छ र सफा बनाउन सरसफाइ गर्दै स्थानीय । तस्बिर : रमेश विश्वकर्मा

गुल्मी, असार ३२ गते । शनिबार बिहान करिब साढे सात बज्दै थियो । रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको सक्रियतामा जिल्लाका विशिष्ट व्यक्तित्व हातमा कुचो लिएर सदरमुकाम तम्घासमा सरसफाइमा व्यस्त हुनुहुन्थ्यो। 

तम्घास बजारको मुख्य ठाउँ जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय, चिदिचौर र प्रहरी कार्यालय अगाडि हुँदै जिल्ला अस्पताल तम्घाससम्मको सरफाइ गरिएको हो । 

सरसफाइ अभियानमा जिल्ला समन्व्य समितिका प्रमुख द्रोणबहादुर खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहाल लगायतका विशिष्ट व्यक्तित्वहरु समेत सक्रिय रुपमा सहभागी बन्नुभएको थियो।