टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण अन्तिम चरणमा
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनीयर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्रै ट्याङकीमा राखिएको छ । गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।
नदीमा पुल नहुँदा नागरिकलाई सास्ती
उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन् । वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् ।
राप्तीमा पानीको बहाव बढ्यो, बाँकेमा उच्च सतर्कता
केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाँकेको राप्ती नदी किनारालगायत विभिन्न खोलानालाहरूमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाइएको छ । वर्षा निरन्तर भइरहेकाले कुनै पनि बेला बस्ती तथा संवेदनशील स्थानमा बाढी आउन सक्ने चेतावनी दिएको छ ।
चन्द्रौटा–कृष्णनगर सडक निर्माण कार्य अन्तिम चरणमा
पूर्व–पश्चिम राजमार्गको चन्द्रौटाबाट कृष्णनगर नाका जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल माघबाट निर्माण सुरु कार्य भएको चन्द्रौटा–कृष्णनगर चार लेन सडक ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।
नेपालगञ्ज भन्सार कार्यालयद्वारा ८८ प्रतिशत राजस्व सङ्कलन
पश्चिम नेपालमै सबैभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको नेपालगञ्ज भन्सार कार्यालयले धेरै वर्षपछि पहिलो पटक लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन् ।
लागूपदार्थ गाँजासहित दुई युवा पक्राउ
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाका विभिन्न स्थानबाट एक केजी पाँचसय ग्राम गाँजासहित दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले ती दुई युवालाई सूचनाका आधारमा पक्राउ गरेको जनाएको छ ।
सूचना लिनकै लागि वर्षौं सङ्घर्ष
नवलपरासी सदरमुकाम परासीको चर्को घाममा शिक्षक परमेश्वर धरिकार साइकल पछाडि झोलामा कागजपत्र बोकेर पसिना पुछ्दै दिनहुँ ओहोरदोहोर गरिरहनुहुन्छ । नवलपरासीकै एक प्राथमिक विद्यालयमा शिक्षकका रूपमा कार्यरत धरिकारलाई भेट्नेहरू अनौठो मान्छन् । विद्यालय समयबाहेक बिहान, बेलुका र बिदाको दिनमा उहाँको बास परासी बजारमै हुने गरेको छ । परासी बजारमा उहाँ शिक्षण पेसा वा ट्युसन पढाउनका लागि होइन, सूचनाको अधिकार (आरटीआई) पाउनका लागि यसरी दिनहुँ कुदिरहनुभएको हो ।
पाँचवटा पुल निर्माण
लुम्बिनी प्रदेश सरकारको लगानीमा पाल्पामा यो वर्ष पाँचवटा पक्की पुलको निर्माण कार्य सकिएको छ । सडक पूर्वाधार कार्यालय पाल्पाका अनुसार हुमिन–रिङ्नेरह–ज्यामिरे सडकखण्डको पूर्वखोलामा कोन्द्रेखोला, झुम्सा–चरङ्गे–धागो कारखाना सडकखण्डको ह्याकबारी र ढुङ्गानाबेँसी– झिरुबास सडकखण्डमा गल्घा पुलको निर्माण कार्य सम्पन्न भएको छ । यस्तै तिनाउ–५, को चर्चरे, निस्दी गाउँपालिका–६, स्थित अर्चले र गल्धा अर्चलेको रेचेघाट पुल सकिएको सडक पूर्वाधार कार्यालय प्रमुख अरुण गुप्ताले बताउनुभयो ।