युद्ध भुलाउन शान्ति स्मारक
‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तत्कालीन डीएसपी ठूले राईको अपहरणको सन्देश, केही शवका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।
महिला र बालबालिका बेचविखनको उच्च जोखिममा
पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उहाँहरु जोखिममा पर्दैगएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् ।
अवैध सामग्रीसहित दुई जना पक्राउ
रेखीराम राना पाल्पा, साउन १८ गते। बुटवलबाट पाल्पातर्फ ल्याउदै गरेको अवैध सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।बुटवलबाट आएको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडीलाई तानसेनको बसपार्कमा चेकजाँच गर्ने क्रममा राजश्व छली गरेर ल्याएको सामग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको हो।प्रहरीले बिल बिना ल्याएका घरमा प्रयोग हुने सामान बोक्ने सवारी चालक रौतहट जिल्ला डमरिया नगरपालिका-९ का २७ वर्षीय भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार रौतहट दुर्गा भगवती गाउँपालिका-५ का १९ वर्षीय रुपेश साहलाई पक्राउ गरेको हो । उनीबाट साना-ठूला सादा कराई ८० वटा, फेन्सी साना-ठूला कराई ७७ वटा, कसौडी साना-ठूला १५२ वटा र कुकर साना-ठूला गरेर जम्मा एक सय २९ वटा बरामद गरेको छ।उक्त सामान करिब एक लाख ९७ हजार एक सय रकम बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो।प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
यात्रुबाट मनपरी भाडा असुलेको गुनासो
यात्रु ओसारपसार गर्ने सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल गरेका छन् । जिल्लाभित्र विभिन्न स्थानमा सञ्चालनमा आएका यात्रुबाहक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुलेको यात्रुहरूको गुनासो छ ।
रुखमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा गुडिरहेको मोटरसाइकल रुखमा ठोकिँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नं २ निवासी वर्ष २५ का रमेश विक र सोही स्थानका वर्ष २७ का गोपाल विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयो ।
बेपत्ता सुनारको शव फेला
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
लोकप्रिय निर्णय कार्यान्वयनमा बेवास्ता
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनपश्चात् विजयी जनप्रतिनिधिहरूले पदभार ग्रहणका क्रममा गरेका लोकप्रिय निर्णय तथा प्रतिबद्धताहरूप्रति बेवास्ता हुन थालेको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि यस्ता निर्णयलाई कार्यान्वयन गर्नतर्फ जनप्रतिनिधिले खासै चासो दिएका छैनन्। गुल्मी जिल्लाको कालीगण्डकी गाउँपलिकाले तीन हजार पाँच सय घरधुरीका १५ हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको थियो। यसका लागि न्यूनतम प्रतिघरपरिवार दस्तुर तिर्दा एक करोड २२ लाख ५० हजार रुपियाँ बजेट आवश्यक पर्दछ तर गाउँपालिकाले नागरिकको स्वास्थ्य बीमा गर्नका लागि अहिले जम्मा ३० लाख रुपियाँ बजेटको व्यवस्था गरेको जनाएको छ।
तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचीकृत गरिनेछ : मन्त्री श्रेष्ठ
सिद्धार्थ गौतमबुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाँउ तिलौराकोटलाई छिटै विश्व सम्पदामा सूचिकृत गर्न पहल हुने भएको छ । तिलौराकोटको अवलोकन गर्नुुभएपछि सो विषयमा प्रक्रियाहरु अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बताउनुभएको हो ।
पर्यटकीय विकासका लागि बुद्धभूमिको बुड्ढी तालमा डुङ्गा सञ्चालन
कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा सो डुङ्गा सञ्चालन गरिएको हो ।