सिद्धबाबालाई पुलचोक कपको उपाधि
तेस्रो पुलचोक कपको उपाधि सिद्धबाबा माध्यमिक विद्यालय तम्घास गुल्मीले उचालेको छ । पुलचोक स्पोर्ट्स क्लब तम्घासको आयोजनामा सञ्चालित तेस्रो पुलचोक जिल्लास्तरिय छात्रा फुटबल प्रतियोगितामा पालुखा माध्यमिक विद्यालय इस्मा गाउँपालिका–२ पालुखालाई ३–१ गोलले हराउँदै सिद्धबाबा माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
प्युठान जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो
प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
सक्रिय सङ्क्रमित बढ्दै
शून्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । शनिबार मात्रै गुल्मी जिल्लामा ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । शनिबार २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
अठार हजार बढी सवारीसाधन कारबाहीमा
एक वर्षको अबधिमा पाल्पामा १८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा १८ हजार चार सय ६६ सवारीसाधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्यूठानमा जीप दुर्घटना : एकको मृत्यु, १४ घाइते
प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
सरकारी विद्यालयमा उपचारका शय्या
दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो ।
राप्तीनदीमा ५५० मिटर लामो पुल निर्माण
राप्ती नदीको मदुवा घाटमा पक्की पुलको निर्माण पुरा भएको छ । पुल निर्माणसँगै उक्त क्षेत्रका जनतालाई आवागमनमा सहज बनेको छ ।
बाल यौन दुराचारको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ
बालयौन दुरुचारकाे आरोपमा प्रहरीले ६२ वर्षीय बृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रैनादेवी छहरा–५, मुझुङ् बस्ने ६२ वर्षीय सोमान सिंहलाई पक्राउ गरेको जनाएको छ ।
जगदीशपुर ताल ‘चरा स्याङ्चुरी’
लुम्बिनी प्रदेश सरकारले कानुन निर्माण गरी नयाँ संरचना थपेपछि वन्यजन्तु संरक्षणमा नेपालमा नयाँ शैली प्रवेश भएको छ। लुम्बिनी प्रदेश वन नियमावली २०७९ को नियम ४९ अन्तर्गत बर्ड स्याङ्चुरी (अभयारण्य/संरक्षित क्षेत्र)को व्यवस्था गरिएको छ। वन्यजन्तु संरक्षणका लागि नेपालमा राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्र घोषणा गरी कार्यान्वयन भइरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सरकारले राजपत्र प्रकाशन गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने प्रावधान छ।