• १३ वैशाख २०८१, बिहिबार

कपिलवस्तुको बनकट्टीमा बस दुर्घटना, आठ जना घाइते

blog

नारद कोहार

तौलिहवा, असार ११ गते । कपिलबस्तुको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवराज नगरपालिकाको वनकट्टीमा शनिबार बिहान बस दुर्घटनामा परेको छ । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ८ ख १३६ नम्बरको बस दुर्घटना हुँदा आठ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । ४३ जना सवार सो बस दुर्घटना भई सडक छेउमा पल्टिएको छ ।

बस तीव्र गतिका कारण आफैं अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । घाइतेहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।