• ८ जेठ २०८१, मङ्गलबार

चार वर्षमा सङ्घीयता कार्यान्वयनमा समस्या देखियो – राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

blog

कार्यक्रममा सहभागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनालगायत मन्त्री । तस्विर – कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन ७ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको महसुस गर्ने गरी काम हुन नसक्दा संघीयताप्रति जनताले प्रश्न उठाउनु स्वाभाविक भएको बताउनुभएको छ । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सङ्घीय शासनप्रणाली सबलीकरण विषयक छलफल तथा अन्तर्किया कार्यक्रममा बोल्दै उहाँले हुने विरुवाको चिल्लो पात जस्तै सङ्घीयता कार्यान्वयनको वितेको चार वर्षमा चिल्लो पात हुन सक्यो कि सकेन भन्दै प्रश्न समेत गर्नुभयो ।

संघीय, प्रदेश र स्थानीय सरकारको अधिकार बाडफाँड गरी अधिकार सम्पन्न गर्नुपर्नेमा सङ्घ सरकार र प्रतिनिधिसभाले जे गर्नुपर्ने थियो त्यो नगर्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखापरेको उहाँको भनाइ छ ।

जनतालाई सङ्घीयताको अनुभूति दिलाउन नसक्दा नै सङ्घीयताप्रति प्रश्न उठेको भन्दै उहाँले तीनवटैै तहका सरकारले सङ्घीयताको महशुस हुने गरी जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सङ्घीय प्रणालीबाटै निर्वाचित भएकाहरु नै सङ्घीयताविरुद्ध बोल्नु दुःखद रहेको बताउनुभयो । 

संघात्मक व्यवस्था प्रति प्रतिगमनकारीहरुबाट चौतर्फी घेराबन्दी भइरहेको उहाँले बताउँदै त्यसका विरुद्धमा जाग्नुपर्ने बताउनुभयो । केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको हत्या कतिपय राजनीतिक दलका नेतृत्वहरुबाट नै हुने खतरा रहेको बताउँदै त्यस प्रवृत्कोति विरुद्धमा सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

संघीय सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले सङ्घीयता कार्यान्वयनको लागि प्रदेश सरकारका बीच विकास निर्माणको काममा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता खिमलाल भट्टराईले विकासको. लागि संघीयता आए पनि परम्परागत र केन्द्रीकृत मानसिकता कारणले सङ्घीयताको कार्यान्वनमा समस्या देखापरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद र १०९ स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता छ ।