विकासमा कोही बाधक नबनौं : मन्त्री राई
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले स्थानीय विकासमा कोही बाधक बन्न नहुने बताउनुभएको छ । नेपालगञ्जको धम्बोझी चोकमा शनिबार रत्न राजमार्ग अन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति र सडक बत्ती तथा जमुनाह– कोहलपुरमा पैदल यात्रु आकाशे पुलको शिलान्यास गर्दै मन्त्री राईले सो कुरा बताउनुभयो ।
गुल्मीमा बेवारिसे शव फेला
गुल्मीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको इश्मा गाउँपालिका–१ हस्तिचौरको बसेनी सामुदायीक वनमा महिलाको बेवारिसे शव फेला परेको हो ।
कपिलवस्तुमा नक्कली स्वास्थ्यकर्मीको बिगबिगी
कपिलवस्तुको शिवराज नगरपालिका ११ थुन्हियामा बिकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दैआएका थिए । भारतको पश्चिम बंगालका बाला औषधी पसल खोल्न नेपाल आएका हुन् । कक्षा १० सम्म अध्ययन गरेका उनले स्वास्थ्यकर्मी बनेर उपचार गर्दैआएका थिए ।
पाल्पामा आज भगवती जात्रा मनाइँदै
गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज (शनिबार) वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा मनाइँदैछ । पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१/१८७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँंग भएको युद्धमा विजय हासिल गरेको थियो ।
लुम्बिनी प्रदेशमा आन्तरिक आय नबढे खर्च धान्न मुस्किल
लुम्बिनी प्रदेश सरकारको आन्तरिक आम्दानीले प्रदेशको प्रशासनिक खर्च धान्नसमेत समस्या हुने देखिएको छ । प्रदेश सरकारले आव २०७८÷७९ का लागि कुल ४० अर्ब ९५ करोड रुपियाँको बजेट प्रस्तुत गरे पनि कुल आय भने ३७ अर्ब ११ करोड रुपियाँ मात्रै रहेको थियो । यो आर्थिक वर्षमा प्रदेश सरकारले खर्च र आय दुवैमा लक्ष्य भेट्टाउन सकेन ।
पुल बनेपछि सडकसँग जोडिँदै गाउँ
पुल नभएर सास्ती खेप्दै खेपेका कपिलवस्तुका छ स्थानमा पुल निर्माण सम्पन्न भएपछि स्थानीय लाभान्वित भएका छन्। लुम्बिनी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष सडक पूर्वाधार विकास कार्यालय कपिलवस्तुमार्फत १५० मिटरसम्मका पुल निर्माण भएका छन्। दशकौँदेखि पुल नभएर समस्यामा परेका स्थानमा २३ करोड ३७ लाख ४४ हजार रुपियाँ लगानी गरेर पुल निर्माण गरिएको छ।
नदी कटानले बस्ती जोखिममा
कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा रहेका छन्। दुइटै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि कटान गर्दा गाउँबस्ती नै विस्थापित हुनुपरेको छ। कपिलवस्तु हरिहरपुरका ६० वर्षीय बुदई नाउँ नदीको कटनाका कारण बर्सातको समयमा रातभर जागाराम बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ। नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने भनाइ नाउँको छ।
गुल्मीमा ३६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १४२ पुगे
गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । शुक्रबार मात्रै गुल्मीमा ३६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
तीन सवारी साधन एकआपसमा ठोक्किँदा एकको मृत्यु, नौ जना घाइते
सिराज खान नेपालगञ्ज, भदौ ३ गते । बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।सवारी साधनहरू ठोक्किँदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए । दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका –४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन् ।घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।