मौवाको स्थानीय मदिरा परीक्षण उत्पादन गरिँदै
लुम्बिनी प्रदेश सरकारले स्थानीय मदिरालाई प्रवर्धन गर्न लिएको नीतिअनुरूप पहिलो पटक बाँकेमा मौवाको मदिरा परीक्षण उत्पादन सुरु हुनेभएको छ ।
खेलकुदले एकताको सन्देश दिन्छ : मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खेलकुदले नेपाली बिचमा एकताको सन्देश दिने बताउनुभएको छ ।
चर्च ब्वाइजको विजयी सुरुवात
बाँकेको कोहलपुरमा बुधबारदेखि सुरु भएको मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा आयोजक कोहलपुर रेसिङ सहारा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड काठमाडौँले विजयी सुरुवात गरेको छ ।
बुद्धभूमिमा महोत्सवको तयारी हुँदै
होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गर्न लागेको महोत्सवमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने
सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीन सय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एक सय शय्यालाई विस्तार गरी तीन सय शय्या स्तरोन्नति गरिने भएको हो ।
प्युठानमा माछापालन क्षेत्र विस्तार
पछिल्लो समय जिल्लाको गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकामा समेत माछापालन व्यवसाय विस्तार भएको छ ।
ढुङ्गा गिट्टीको बिक्रीबाट राजस्व उठाउनै सकस
दाङका दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन ।
खानेपानीको स्रोतको संरक्षण गर्नुपर्नेमा जोड
स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
सडक र विद्युत पुगेपछि बघौडा बन्यो सुगम
यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ ।
गुल्मीमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता
जिल्ला भलिबल संघ गुल्मीको आयोजनामा तम्घासमा आजदेखि पालिकास्तरीय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।
पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्ग मासिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
आजदेखि प्रथम गुल्मी महोत्सव सुरु
गुल्मी उद्योग सङ्घले उपल्लो तम्घास खालाका चौरमा आयोजना गर्न लागेको ‘प्रथम ऐतिहासिक गुल्मी महोत्सव’ को सम्पूर्ण तयारी पूरा गरी आज बुधवारदेखि सुरु हुँदै छ । यो महोत्सव कात्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
मुख्यमन्त्री गोल्ड कप: उद्घाटन खेल आयोजक र चर्च ब्वाइजबिच हुँदै
आजदेखि सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलकुद प्रतियोगिता—२०८०’ को उद्घाटन खेल आज आयोजक र चर्च ब्वइजबिच हुने भएको छ । कोहलपुर २ स्थित तेह्र बिगाहमा आजदेखि कार्तिक २२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
देवचुली डाँडामा पर्यटन सप्ताह
पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको देवचुली जेसिजका अध्यक्ष गणेश सापकोटाले जानकारी दिनुभयो ।
खेतीयोग्य जमिन बाँझो हुँदै
पछिल्ला वर्षमा पाल्पा जिल्लाको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ । खेती गर्ने जनशक्तिको अभाव र बसाइँसराइले विभिन्न स्थानको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको हो । केही वर्षअघिसम्म मकै, गहुँ, धान तथा अन्य गेडागुडी उत्पादन हुने जग्गा बाँझो हुने क्रम बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । विगत १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा खेती हुने जमिनको क्षेत्रफलसमेत घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो ।
विश्वभरका द्वन्द्व अन्त्य गर्न लुम्बिनीबाट आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गौतम बुद्धको जन्मथलो लुम्बिनीबाट संसारभर भइरहेका द्वन्द्व अन्त्य र विश्व शान्तिको कामना गर्नुभएको छ । लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि महासचिव गुटेर्रेसले इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भइरहेको द्वन्द्व अन्त्य गर्न आह्वान गर्नुभयो । बुद्धको जन्मस्थल लुम्बिनी आउन पाएकामा खुसी व्यक्त गर्दै उहाँले बुद्धको पञ्चशीलको दर्शन र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो भएको उल्लेख गर्नुभयो । “शान्ति र मानवता अपरिहर्य विषय हो, मानवीयता मर्न दिनुहुन्न,” उहाँले भन्नुभयो, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसङ्घको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौँ ।”
मदनचोकबाट पाँच जुवाडे पक्राउ
प्रहरीले बाँकेको कोहलपुर नगरपालिका –३ मदनचोकबाट दिउँसो नगद रकमसहित पाँचजना जुवाडेलाई पक्राउ गरेको छ ।
राहदानी र राष्ट्रिय परिचयपत्रको निःशुल्क फाराम भरिदै
जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदैलगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो ।
महसुल नबुझाउने ९०६ को लाइन काटियो
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने माग गरिएको छ । नियमित सञ्चालन नभएमा चरणबद्ध आन्दोलन गरिने सिद्धार्थ सञ्जाल रुपन्देहीले जनाएको छ ।
शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको छ : प्रधानमन्त्री
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।
नरैनापुर मलेरियाको उच्च जोखिममा
भारतीय सिमानासँग जोडिएको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सो गाउँपालिकाका अधिकांश स्थानीयको भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।
लुम्बिनीबाट गुटेरेसले गर्नुभयो विश्व शान्तिको कामना
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले लुम्बिनी आएर संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै गुटेरसले सो कामना गर्नुभएको हो ।
तस्बिरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डको लुम्बिनी भ्रमण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनी पुग्नुभएको प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस शान्ति दीप हुँदै मायादेवी मन्दिर पुग्नुभएको हो ।