• २९ वैशाख २०८१, शनिबार

बुद्धभूमिमा महोत्सवको तयारी हुँदै

blog

महोत्सव सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १५ गते । होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुले आयोजना गर्न लागेको महोत्सवमा सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा मङ्सिर १४ गतेदेखि सञ्चालन हुने महोत्सवको सर्वपक्षीय बैठकमा महोत्सव सफल बनाउन जोड दिएका छन् । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले महोत्सवले नगरको गरिमा बढाउने बताउनुभयो । 

पालिका तथा जिल्लाभित्रका उत्पादनलाई बजारीकरण गराउन सक्नेगरी महोत्सव सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । बुद्धभूमि उद्योग वाणिज्य सङ्घका अध्यक्ष शुभलाल भुसालले होटेल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले आयोजना गर्न लागेको महोत्सवमा पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सङ्घ कपिलवस्तु जिल्ला अध्यक्ष लेखनाथ घर्तीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटनको प्रचार प्रसार र कपिलवस्तुको खाद्य परिकारलाई प्रवर्धनमा जोड दिइने बताउनुभयो ।