• ३० वैशाख २०८१, आइतबार

श्रीमतीको हत्या गर्ने युवक पक्राउ

blog

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका चमार । तस्बिर : जिप्रका कपिलवस्तु

जानु पाण्डे

कपिलवस्तु, कात्तिक १५ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता गंगाबहादुर थापाका अनुसार २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा वर्ष २६ का श्रीमान् विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

विनयले कात्तिक ८ गते मायादेवी गाउँपालिका–८ बरकुलमा श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीसँग घरायसी विवादको कारणले कुटपिट गरी घाँटीमा रहेको मालाले घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । विनयलाई कर्तव्य ज्यान कसुरमा मुद्दा दर्तागरी अनुसन्धान भइरहेको छ ।