• १० पुस २०८१, बुधबार

राहदानी र राष्ट्रिय परिचयपत्रको निःशुल्क फाराम भरिदै

blog

जिल्ला प्रशासन कार्यालय बाँके । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो । 

राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ ।’  फाराम भर्नका लागि अतिरिक्त समय र ब्ययभार नलाग्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।

राष्ट्रिय परिचयपत्रसहित राहदानीको पनि अनलाइन फारम जिल्ला प्रशासनले नै निःशुल्क भरिदिने व्यवस्थाको सुरुवात गरिएको छ । फाराम भरेकै दिन फोटो समेत खिच्ने गरिएको छ । राजस्व रकम तिरेर एकै दिनमा सेवा पाउने प्रशासनले जनाएको छ । 

राष्ट्रिय परिचयपत्रको अनलाइन फारम पनि प्रशासनका कर्मचारीले निःशुल्क भरिदिने भएकाले एक रुपियाँ पनि खर्च नभई एकै दिनमा काम सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।