प्राविधिक विश्वविद्यालयको कार्यालय खजुरामा रहने
लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बाँकेको खजुरास्थित हाल गाउँपालिकाको कार्यालयमा स्थानान्तरण हुने भएको छ ।
गोरखापत्रकर्मी खान भारतको कानपुरमा सम्मानित
गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको कानपुरमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय कार्यक्रममा सम्मानित गरिएको छ ।
फूलखेतीमा रमाउँदै चर्तिमगर
नेपालगन्ज उपमहानगरपालिका २० कि महिला उद्यमी बिन्दु चर्तिमगरले व्यवसायिक रुपमा फूलखेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तिमगर फूलखेतीमा रमाइरहनु भएको छ ।
बङ्गालोमा आगलागी पाँच लाखको क्षति
गुल्मीमा बङ्गालोमा आगलागी हुँदा पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका–६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
महासचिव गुटेरेस लुम्बिनीमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ ।महासचिव गुटेरेसलाई लुम्बिनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वागत गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।
महासचिव गुटेरेस लुम्बिनी आउँनुहुँदै
नेपालको औपचारिक भ्रमणमा रहनुभएका उहाँ आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लाग्नुभएको हो । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।
पर्यटकीय स्थलमा बढ्यो चहलपहल
पाल्पा जिल्लाका विभिन्न पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । एक महिनायता पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । बडादसैँको बिदा भएलगत्तै रानीमहल, श्रीनगर, पाल्पा दरबार सङ्ग्रहालय, भैरवस्थान, नारायणस्थानलगायत दर्जनभन्दा बढी क्षेत्रमा घुम्न आउने पर्यटक बढेको गेट अप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताउनुभयो ।
कालीगण्डकीमा स्टिमर सुरु
गत जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । वर्षायाममा कालीगण्डकी नदीको सतह बढेका कारण बन्द रहेको स्टिमर सेवा सुचारु भएको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटर दुरीमा स्टिमर चलाइने छ । नदीमा पानीको सतह घटेपछि यस भेगका यात्रुलाई मध्यनजर गर्दै स्टिमर सञ्चालनमा ल्याइएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिले जनाएको छ ।
सिद्धबाबा सुरुङ पुनर्निर्माण सुरु
तीन महिनादेखि निर्माण अवरुद्ध बनेको सिद्धबाबा सुरुङ मार्गको निर्माण पुनः सुरु भएको छ । सुरुङ मार्गको दुई वटा ढोका पहिरोले बगाएपछि अवरुद्ध बनेको थियो । निर्माणको काम पुनः सुरु गरिएको आयोजना पक्षले जनाएको छ । गत साउन पहिलो साता पहिरोले सुरुङ मार्गको दुवैतर्फको ढोकामा क्षति पु¥याएको थियो । क्षति पुगेको ढोका निर्माणको काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।
गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी
गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी भएका छन् । जिल्लाको इश्मा गाउँपालिका वडा नम्बर ६ बुल्मका ३९ वर्षीया सरिता कुमाल,११ वर्षीय विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
एघार हजारभन्दा बढी मौरीका घार
मौरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका–३, जाबुनेमा खिमा पुनले मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । परम्परागत रूपमा मुढे घारमा मौरी पाल्दै आउनुभएका पुनले केही वर्षअघिदेखि आधुनिक घारमा मौरीपालन गर्न थाल्नुभएको हो ।
सैनामैनामा अन्तरजिल्ला भलिबल प्रतियोगिता हुने
रुपन्देहीमा ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिता हुनेभएको छ । भलिबल खेल विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका –६ कलौनीमा दुधराक्ष युवा क्लवको आयोजनामा प्रतियोगिता हुनेभएको हो ।
तरकारीको वेर्ना अनुदानमा वितरण गर्दै नगरपालिका
पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो ।
बाँकेमा गड्यौलाबाट मल उत्पादन सुरु
मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ ।
‘खाद्यअधिकारका लागि सरकार जवाफदेही बन्नुपर्छ’
खाद्य अधिकार सुनिश्चित गर्न सरकार जवाफदेही बन्नुपर्ने वक्ताहरुको भनाइ छ । सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिनुभएको हो ।
महोत्तरीमा गाँजाको तस्करी र कारोबार बढ्यो
गाँजाकै कारण केही दशकअघि महोत्तरीको अजमरपट्टी बस्ती संसारभर चर्चामा थियो । गाँजाको लत लागेका व्यक्तिहरुले यहाँको अजमरपट्टीको चर्चा गरिरहन्थे ।
शौचालयबाट भाग्ने अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गर्न लगेको समयमा शौचालयबाट भागेका अभियुक्त पक्राउ परेका छन् ।
महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा बिताउनु हुने
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने भएपछि लुम्बिनी क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।
मोटरसाइकलसहित डेढ लाख बराबरको सामग्री बरामद
यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
फरार अभियुक्त पक्राउ
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका-१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
सिधनियामा व्यवस्थितघाट निर्माणको पहल
बाँकेको डुडुवा गाउँपालिकाको सिधनियास्थित राप्ती नदी किनारमा व्यवस्थित मशानघाट निर्माणका लागि नागरिक समाजका अगुवाले पहल अघि बढाउनुभएको छ ।
कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा
बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।
ढकमक्क फुल्यो सयपत्री
घोराही उपमहानगरपालिका– १५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले १५ कट्ठा जमिनमा व्यावसायिक रुपमा गरेको सयपत्री खेती ।