• १२ साउन २०८१, शनिबार

कोहलपुर गोल्डकपको तयारी अन्तिम चरणमा

blog

कोहलपुर गोल्डकपको लोगो, मुल व्यानर, टाईसिट र जर्सी सार्वजनिक गरिँदै । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, कात्तिक १३ गते ।
 बाँकेको कोहलपुरमा मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाह मैदानमा यही कात्तिक १५ देखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता-२०८०’ हुने भएको हो ।

आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लब अध्यक्ष चक्र क्षेत्रीका अनुसार प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सी.सहित नेपालका ए डिभिजनका ७ क्लबहरूको सहभागिता रहने भएको छ । 

प्रतियोगितामा चर्च व्वाईज यूनाईटेड काठमाडौँ, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सी. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोली सहभागी हुने क्लबका अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख रुपियाँ र दोस्रो पुरस्कार चार लाखसहित ट्रफी प्रदान गरिने छ ।  करिब ८० लाख रुपियाँ लागत अनुमान गरिएको प्रतियोगिताको लोगो, मूल ब्यानर, टाईसिट र जर्सी सार्वजनिक भइसकेको छ ।