कैलालीका शिक्षक प्युठानमा मृत फेला
ऐरावती गाउँपालिका–६, स्थित जनता माध्यमिक विद्यालय बिजुलीका शिक्षक चन्द्रप्रकाश सापकोटा मृत फेला परेका छन् ।
नेपालगन्ज १० किमी रात्रीदौड हुने
धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
राष्ट्रपतिद्वारा भगवती मन्दिरको दर्शन र रथयात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक भगवती मन्दिरको दर्शनसहित रथ यात्राको अवलोकन गर्नुभएको छ । मङ्गलबार तानसेनमा निकालिएको भवगती रथयात्राको राष्ट्रपति पौडेलसहित रक्षामन्त्री मानवीर राई, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरलगायतले दर्शन गर्नुभएको छ ।
राष्ट्रपति पौडेल भगवती रथजात्रा अवलोकन गर्न पाल्पामा
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुग्नुभएको छ । उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।
दाङमा करेन्ट लागेर एकको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ ।
गुल्मीमा पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर – ५, डाँडापोखरीका अन्दाजी ५५ वर्षीय टोपबहादुर चुँदारा मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा
नेपालगञ्ज रहेको एउटा पसलबाट ठूलो मात्रामा सुनचाँदीसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।
अव्यवस्थित उत्खननले जोखिममा सिँचाइ आयोजना
राप्ती नदीमा विगतदेखि नै भइरहेको अव्यवस्थित उत्खननले सिँचाइ आयोजना जोखिममा पर्न थालेका छन् । राप्ती नदीको पानीलाई आधार बनाएर प्रगन्ना कुलो सिँचाइ आयोजना सञ्चालनमा छ । नयाँ आयोजनाका रूपमा बड्कापथ सिँचाइ आयोजना राप्ती नदीको बायाँ किनारमा निर्माणाधीन छ । प्रगन्ना कुलो सिँचाइ आयोजनाले देउखुरी उपत्यकाको उत्तरी क्षेत्रलाई सिञ्चित गर्दै आइरहेको छ । बड्कापथले गढवा गाउँपालिकाभित्र पर्ने साबिकका तीन गाविसमा पर्ने चार हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । बर्सेनि राप्ती नदी दोहन भइरहने हो भने यी आयोजनालाई पानी अपुग हुने देखिन्छ ।
साढे दुई दशकमा पनि रोकिएन पहिरो
बुटवलको ज्योतिनगर क्षेत्रमा पहिलो पटक २०५५ साल भदौ २० गते पहिरो गएको थियो । पहिरो जाँदा पाँच दर्जन घरमा क्षति पुगेको थियो भने पूर्ण क्षति भएका घरपरिवारलाई सरकारले बुटवलकै तामनगरको सामुदायिक वन क्षेत्रमा जग्गा दिएर बसोबासको व्यवस्था मिलाएको थियो । ज्योतिनगरका स्थानीयलाई पहिरोले २६ वर्षअघिदेखि दिँदै आएको पीडा अहिले पनि रोकिएको छैन । त्यस क्षेत्रमा हरेक वर्षको वर्षामा पटक पटक सानाठुला पहिरो खसेको खस्यै छ तर पहिरो रोक्ने स्थायी समाधान नहुँदा समस्या ज्युँका त्युँ छ ।
पाल्पामा आज ऐतिहासिक भगवती रथजात्रा
पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा कृष्ण जन्माष्टमीको भोलीपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ ।
रेसुङ्गामा आज सार्वजनिक बिदा
रोपाइँ जात्राको अवसरमा रेसुङ्गा नगरपालिकाले आज मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा गरेको सूचना अधिकारी पीताम्बर पन्थीले जानकारी दिनुभयो ।
झिमरुकमा चट्याङले पाँच घाइते
प्युठानको झिमरुक गाउँपालिका दुई बादिकोटमा कमेरपानीमा सोमबार परेको चट्याङले पाँच जना घाइते भएका छन् ।
कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर घाइते १३ जनालाई भैरहवा पठाइयो
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका १३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।
पहिलो पटक रात्रि दौडको आयोजना हुँदै
धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ ।
बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : नगरप्रमुख विष्ट
नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
सिक्टा सिँचाइको नहर
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको कोहलपुर नगरपालिका–१५ स्थित पश्चिमी मूलनहर
गाउँ जोड्ने सडक अवरुद्ध
बर्सातका कारण जिल्लाका ग्रामीण तथा कृषि सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पैदलयात्री तथा सवारीसाधन आवतजावतमा समस्या भएको हो । रुकुमपूर्वका तीन वटै स्थानीय तहका विभिन्न ग्रामीण तथा कृषि सडक अहिले पूर्ण रूपमा अवरुद्ध छन् । असारदेखि लगातार वर्षा भएकाले जिल्लाका विभिन्न खण्डका ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षायाममा हरेक वर्ष पहिरोले ग्रामीण सडक अवरुद्ध हुने गरेको छ ।
घोराही–तुलसीपुर सडक : ठेक्का अनिश्चित सडक जीर्ण बन्दै
दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।
संरक्षण गरिँदै बटौली बजार
बुटवलको पुरानो एवं ऐतिहासिक बजार बटौलीलाई सम्पदा संरक्षित क्षेत्रका रूपमा विस्तार गर्ने गरी संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले त्यसका लागि सम्बन्धित पक्षसँग छलफल थालेको छ । बुटवलको वडा नं. १ र २ मा पर्ने पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुनर्निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।
छाडा पशुचौपाया व्यवस्थापन सुरु
नेपालगन्जका विभिन्न चोक र मुख्य सडकमा फेरि छाडा चौपाया बढ्दै गएपछि उपहानगरपालिकाले व्यवस्थापन सुरु गरेको छ । छाडा चौपायाकै कारण सडकमा आवागमन गर्न समस्या हुँदै गएको र दुर्घटनासमेत हुन थालेको जनगुनासोपछि व्यवस्थापन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
राष्ट्रपति पौडेल पाल्पा आउनुहुने
राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि तानसेन आउनुहुने भएको छ । राष्ट्रपति पौडेल कृष्णा जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकनका लागि भदौ ११ गते मङ्गलबार तानसेनमा आउनुहुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो ।
भारतीय कार दुर्घटनामा एक जनाको मृत्यु
तानसेनबाट रानीमहल जाँदै गरेको भारतीय नम्बरको कार गए राति दुर्घटनामा परेको छ । दुर्घटनामा परी एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश बस्ने २८ वर्षका विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारी जागिर छाडेर बाबुछोरा कागज उद्योगमा
दाङको राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५६ वर्षीय डम्मर जिसीले नेपाली हाते कागजबाट गाउँमै राम्रो आम्दानी गरिरहनुभएको छ । २५ वर्ष स्वास्थ्य चौकी भालुवाङमा कार्यालय सहयोगीका रूपमा काम गर्नुभएका जिसीले अवकाशपछि डेढ वर्षअघि नेपाली कागज उद्योग सञ्चालन गर्नुभएको थियो । जागिरबाट अवकाश प्राप्त गरेपछि राप्ती गाउँपालिका–४, पिपरखुटीमा करिब ४५ लाख लगानी गरेर राप्ती कागज उद्योग सञ्चालन गरेका जिसीले उद्योगबाट राम्रो आम्दानीसँगै स्थानीय २० जनालाई रोजगारीसमेत दिनुभएको छ ।