फ्रेन्ड्स सिनेमाज सञ्चालन
रुपन्देहीको बुटवलमा शुक्रबारबाट नयाँ हल ‘फ्रेन्ड्स सिनेमाज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
लोप हुँदै स्थानीय माछा
विषादीको प्रयोग र विद्युत् प्रवाह गरी माछा मार्ने क्रम नरोकिँदा रुपन्देहीका पुराना नदीमा स्थानीय जातका माछा लोप हुँदै गएका छन् ।
पहेँलिन थाले सुन्तलाका बोट
सुन्तला पाकेर दाना पहेँलो हुने समयमा गुल्मीका सुन्तला कृषकका बोट नै पहेलै देखिने रोग देखा परेको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क अग्रणी बैङ्क बन्नुपर्छ : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय वाणिज्य बैंकलाई एक नम्बरको बैंक बनाउनेगरी काम गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशिक कार्यालय र शाखा कार्यालयको नवनिर्मित भवन उदघाटन गर्नुहुँदै अर्थमन्त्री पौडेलले बदलिँदो समयसँगै सबै कुरालाई रुपान्तरण गरी अग्रणी बैंक बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रहरीका लागि भान्सा घर निर्माण
तुलसीपुर उपमहानगरपालिकाले प्रहरी चौकी उरहरीलाई भान्साघर निर्माण गरिदिएको छ । चार लाख ९५ हजारको लागतमा तीन कोठे भान्साघर निर्माण गरिएको हो।
कांग्रेस–एमाले गठबन्धनको विकल्प छैन : पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस र एमाले गठबन्धनको सरकार ढल्ने दिवा सपना नदेख्न आग्रह गर्नुभएको छ ।
मेयर कप क्रिकेट प्रतियोगिता हुने
तानसेनमा क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा दोस्रो मेयर क्रिकेट कप मङ्सिर १६ गते आइतबारदेखि टुँडिखेल मैदानमा हुँदैछ ।
सडक निर्माण दुई ‘सिफ्ट’मा
बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम तीव्र पारिएको छ ।
पन्चैबाजा संरक्षणमा जुट्दै महिला
विभिन्न मेला, पर्व, विवाह, पूजाआजामा बज्ने पन्चैबाजा पछिल्लो समय हराउँदै गएको छ तर प्युठानका महिला पन्चैबाजा संरक्षण गर्न अग्रसर देखिएका छन् ।
अर्गानिक मल उद्योग सञ्चालन
रुपन्देहीमा अर्गानिक मल उद्योग स्थापना भएको छ ।
बसको ठक्करबाट एकको मृत्यु, एक घाइते
बसले ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्य भएको छ । एक जना घाइते भएका छन् । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वाड नम्वर ६ धाराबजारमा बुटवलबाट सुपा देउरालीमा पिकनिकका लागि आएको लु २ ख १४१५ नम्वरको बसले ठक्कर दिँदा एक जनाको मृत्युु भएको हो ।
बैकुण्ठधाम महोत्सवबाट दुई करोडभन्दा बढी आम्दानी
बाँकेको डुडुवा गाउँपालिका ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यवस्थित रुपमा बहुआयामिक बैकुण्ठधाम निर्माण सहयोगार्थ सञ्चालन गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ ।
बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ ।
बुटवल गोरुसिङ्गे सडक विस्तार पूर्व तयारीको काम तीब्र
बुटवल गोरुसिङ्गे सडक विस्तारका लागि निर्माण व्यवसायीले सडक क्षेत्रमा पूर्व तयारीको काम सुरु गरेपनि सडक खन्ने काम भने अझै दुई महिना ढिलोगरी हुने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा शुक्रबार प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न सङ्कायमा उपाधीप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।
विश्वविद्यालयको कार्यक्रमका लागि प्रधानमन्त्री ओली लुम्बिनीमा
प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उहाँ लुम्बिनी आउनुभएको हो ।
चार वर्षमा पुलको जगसमेत बनेन
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा चार वर्षअघि पक्की पुल निर्माणको काम सुरु भए पनि अहिलेसम्म फाउण्डेशन (जग) को काम पूरा हुन सकेको छैन ।
किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक
कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका किसानहरुको समस्या बुझ्नका लागि किसान कै खेतबारीमा कृषि प्राविधिक सहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सञ्चालन गरेको छ ।
मनोचिकित्सक सङ्घको दशाैं राष्ट्रिय सम्मेलन नेपालगन्जमा
नेपालगन्जमा अहिले देशभरिका दुई सयभन्दा बढी साइक्याट्रिष्ट तथा मनोचिकित्सकहरु हुनुहुन्छ ।
कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ : अर्थमन्त्री
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताउनुभएको छ ।
भेरी अस्पतालमा हेमोफेलियाका बिरामीका लागि सेवा सुरु
भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ ।
बिजौरीमा बस दुर्घटना, १८ जना घाइते
घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली लुम्बिनी आउनुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज रुपन्देही आउनुहुने भएको छ। रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओली ११ बजे यहाँ आउने कार्यक्रम रहेको छ ।
सुधारगृहबाट बालबालिका फरार घटना छानबिन गर्न समिति गठन
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।