चालकमाथि कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडक अवरूद्ध
मृतकका आफन्तले टिप्पर चालकलाई कारबाही र राहतको माग गर्दै दाङको घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् ।
जथाभावी फोहोर फाल्ने कारबाहीमा
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ ।
प्याजको बेर्ना खरिद बिक्री
देउखुरी, मङ्सिर १८ गते । घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा प्याजको बेर्ना बिक्री गर्दै किसान । प्रतिमुठा रु. १०० देखि रु. १५० सम्ममा प्याजको बिरुवा बिक्री भइरहेको किसान बताउँछन् । तस्बिरः रासस
कोइलाखानीबाट कोइला निकाल्दै श्रमिक
दाङ, मङ्सिर १८ गते । दाङको घोराही उपमहानगरपालिका–१९ स्थित सैघाको राम्चेमा रहेको खानीभित्रको साँघुरो सुरुङबाट बोरामा भरेको काेइला निकाल्दै श्रमिक । तस्बिरः रासस
निगरानीमा पाटेबाघ
केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको ‘जिपिएस’ र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
सिद्धबाबा सुरुङमार्ग : पुसभित्रै छिचोल्ने तयारी
निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको टनेल आगामी पुसभित्र छिचोल्ने तयारी गरिएको छ ।
‘अपाङ्गतामैत्री संरचना तयार गर्नुपर्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
‘अपाङ्गतामैत्री संरचना तयार गर्नुपर्छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आर्थिक सुधार सुझाव आयोगद्वारा सुझाव सङ्कलन
नेपाल सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जका आर्थिक क्षेत्रका अगुवाबाट सुझाव सङ्कलन गरेको छ ।
प्रदेश सरकार विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठनसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१० नारायणपुरमा रा७प७४६ नम्वरको मोटरसाइकललाई रा १ ख १२९१ नम्वरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका –१९ कुटीचौर निवासी १९ बर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो ।
नीलगाई मारेको आरोपमा दुई पक्राउ
बाँकेमा जङ्गली जनावर नीलगाईलाई मारेको आरोपमा डिभिजन वन कार्यालयले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
रुकुमपूर्वको उपाध्यक्षमा माओवादी केन्द्रका बुढा निर्वाचित
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित हुनुभएको छ ।
समुदायको सेवामा समर्पित सामुदायिक वन
बाँकेका सामुदायिक वन समुदायको विकासका लागि मात्र नभएर जीविकोपार्जनको माध्यम बन्नुका साथै समुदायको सेवामा पनि समर्पित भएका छन् ।
एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दाे
पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
भ्रष्टाचारविरुद्ध वाकाथन आयोजना गरिने
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ । मङ्सिर २४ गते (डिसेम्वर ९ तारिख) मा नेपालगन्ज वाकाथन हुने भएको हो ।
अन्तरविद्यालय लोकभजन प्रतियोगिता
पछिल्लो समय लोकभजन लोप हुँदै गएको भन्दै त्यसको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरविद्यालय लोकभजन प्रतियोगिता गरिएको छ ।
वेस्टर्न अस्पताल नेपालगन्जमा क्रिटिकल केयर कोर्स सुरु
नेपालगन्जस्थित वेस्टर्न अस्पतालले विस्तृत क्रिटिकल केयर कोर्सको औपचारिक सुरुवात गरेको छ ।
डुडुवामा २५४ जनाको निःशुल्क आँखा जाँच
डुडुवा गाउँपालिका वडा –६ भंघोटनामा कोरी कल्याण समाज नेपालगञ्जको आयोजनामा आँखाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
सद्भावका लागि गोलमेच बैठक
सबै धर्मको सम्मानले धार्मिक सद्भाव कायम हुने भएकाले सबैले धार्मिक सहिष्णुताका लागि आआफ्ना तर्फबाट काम गर्ने सामूहिक प्रतिबद्धता गरिएको छ ।
अस्पतालको सेवामा सुधार
पाल्पा अस्पतालको सेवा सुधार हुँदै गएको यहाँ आउने बिरामीले बताएका छन् ।
कपिलवस्तुको शुद्धोधन १ मा एमालेका मुसलमान निर्वाचित
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा एमाले निर्वाचित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार नेकपा एमालेका मोहम्मद ताहिर मुसलमानले १ हजार १ सय ५० मत ल्याएर निर्वाचित हुनु भएको छ ।
बर्दियाको ठाकुरबाबा ४ मा काँग्रेसका थारु निर्वाचित
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ।
मुसिकोट १ मा कांग्रेसका श्रेष्ठ विजयी
गुल्मीको मुसिकोट नगरपालिका वडा १को वडाध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठ एक हजार १८४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।