कैदी बन्दीले बनाएका सामग्री
दाङ, मङ्सिर १४ गते । दाङको घोराही कारागारका कैदी बन्दीले बिक्रीका लागि बनाएका मुढा तथा घर सजावटका सामग्री । कैदी बन्दीहरुले मुढा, गलबन्दी, माछा मार्ने जाल, कपासको बत्ती, गलैँचा, फर्निचरलगायतका सामग्री बनाउने गरेका छन् । तस्बिरः रासस
१६ सय क्विन्टल किसानको धान खरिद
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग १६ सय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले जिल्लाका तीन स्थानीय तहबाट एक हजार छ सय ३२ क्विन्टल धान खरिद गरेको हो ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताउनुभएको छ ।
लोकल कुखुराको स्वास्थ्य परीक्षण
बाँकेको जानकी गाउँपालिका वडा नम्बर ४ स्थित खजुरामा रहेको कुखुरा विकास फार्ममा रहेका स्थानीय प्रजातिका कुखुराको स्वास्थ्य परीक्षण गरिएको छ ।
टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित
सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् ।
पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु
पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार अर्यालका अनुसार माथिल्लो सडकको भमकेबाट निर्माण सुरु भएको हो । साढे तीन मिटर चौडा सो सडकलाई साढे पाँच मिटर चौडा बनाइने छ ।
गाउँको विकास गर्नेलाई भोट
गुल्मीको मुसीकोट नगरपालिका–१ मा वडाध्यक्षको उपनिर्वाचन मङ्सिर १६ गते हुँदै छ ।
चार लेन सडकका लागि बजेट विनियोजन
दाङको घोराही–तुलसीपुर चार लेन सडक सरकार आफैँले निर्माण गर्ने भएको छ । सरकारले घोराही–तुलसीपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्नका लागि भारतीय निर्माण कम्पनीलाई २०७५ मा जिम्मा दिएको थियो ।
नेपालगन्ज रङ्गशालामा अब खेलाडीले खेल्न पाउने
नेपालगन्जमा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणको बहनामा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो । राखेपले सचिवस्तरीय निर्णय गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
‘टुर दि बाँके नेशनल पार्क’को तयारी पूरा
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गर्न लागएको ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा कार्यक्रमको तयारी पूरा भएको छ ।
प्युठानकै लामो पुलको शिलान्यास
प्युठान गौमुखी गाउँपालिकाको अर्खा र रजवारा गाउँलाई जोड्ने जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुलको शिलान्यास भएको छ ।
शुद्धोधन १ उपनिर्वाचन : दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ को उपनिर्वाचनमा दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ ।
औद्योगिक व्यापार मेला बुटवल : कृषिमा अर्गानिक उत्पादन प्राथमिकतामा
बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिने भएको छ ।
भारतबाट नेपाल छिरेको पाटेबाघको निगरानी
केही दिनअघि भारतबाट नेपालको बर्दिया क्षेत्रमा प्रवेश गरेको पाटेबाघको जीपीएस र ड्रोनबाट निगरानी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
घोराहीमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु
घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।
मादक पदार्थ बिक्री वितरणमा रोक
जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ ।
बुटवल औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै
बुटवलमा हुन गइरहेको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार टिकटकका माध्यमबाट पनि गरिने भएको छ । सामाजिक सञ्जाल टिकटकको बढ्दो प्रभावलाई मध्यनजर गर्दै बुटवल मेलाको प्रचार प्रसार गर्न टिकटक प्रतियोगिता हुने भएको हो ।
प्रयोगविहीन थ्रिडी पार्क
राज्यले लाखौँ रुपियाँ खर्चेर बनाएका सरकारी सम्पत्तिको संरक्षण हुन सकेको छैन् । सदरमुकाम तम्घासको मुटुमै रहेको थ्रिडि पार्क वषौँदेखि प्रयोगविहीन छ ।
खजुरा गाउँपालिकामा २६८ जनामा मोतियाबिन्दुको समस्या
बाँकेको ग्रामीण क्षेत्रमा आँखामा मोतियाबिदु भएका बिरामीहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा आयोजना गरिएका निःशुल्क आँखा जाँच शिविरमा आँखा परीक्षणका लागि आउनेमध्ये धेरै जनामा मोतियाबिन्दु देखिएको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जनाएको छ ।
क्यान्सर अस्पताल खजुरामा नयाँ सिटी स्क्यान मेसिन सञ्चालनमा
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ ।
बालबालिकालाई न्यानो कपडा
जिल्लामा न्यानो माया अभियान सञ्चालन गरिएको छ । जसले विपन्न तथा गरीब बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गर्न थालेको छ ।
नौबस्ता बाल सुधारगृहबाट भागेका १२ मध्ये नौ जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधारगृहबाट बुधवार साँझ फरार भएका १२ जना मध्ये ९ जना बाल बिजाइँकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साग विक्री गर्न लगिँदै
भैरहवा, मङ्सिर १३ गते । भैरहवाको देवकोटाचोक सडकमा बिहीबार आफ्नै बारीमा उत्पादन गरेको सागसब्जी बेच्न हिंड्नुभएकी महिला । तस्बिरः रासस